एसीसी यू–१९ क्रिकेटः भारतविरुद्ध नेपालको ऐतिहासिक जीत

एसीसी यू–१९ क्रिकेटः भारतविरुद्ध नेपालको ऐतिहासिक जीत

काठमाडौं, २६ कात्तिक । कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालद्वारा एसीसी यु–१९ क्रिकेटमा भारतमाथि ऐतिहासिक जीत हासिल गरेको छ ।

मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताका अन्तरगत समूह चरणको दोस्रो खेलमा नेपालले भारतमाथि ऐतिहासिक जीत हात पारेको हो । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्र्तग दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको हो । नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा रहेको भारतीय युवा टोली ४८.१ ओभरमा १६६ रन बनाउँदै अलआउट भयो ।

नेपालले उमेर समूहमा भारतलाई पराजित गरेको पहिलो पटक हो । नेपालका जीतमा कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ र ब्याटिङ गरे ।

हिजो भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले अन्तिम खेल मंगलबार मलेसियासँग खेल्नेछ । समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।