मकवानपुर । नेकपा (क्रान्तिकारी माओवादी)को आयोजनामा मकवानपुरमा क्रान्तिकारी ध्रुवीकरण भएको छ । शनिबार माके सम्बद्ध गोपिलाल घलानको नेतृत्वमा २४ जना युवाहरु माके परित्याग गरी क्रान्तिकारी माओवादीमा ध्रुवीकृत भएको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज वसन्त बोगटीले बताउनुभयो । यसरी ध्रुवीकृत हुनेमा गोपी घलान, जीवन घर्ती, समिर थिङ, जनिल अधिकारी, मनोज राई, जगत, रामसिंह, राम थिङ, कुमार घलान, वीरबहादुर बम्जन, प्रकाश लो, सानुकान्छा दोङ, सुखा थिङ, मिलन घर्ती, विजय दोङ, राजु, सागर स्याङतान, सिता घिमिरे, मानबहादुर बुलोन, एकराज नेगी, विवेक लामा, दिपेश लामा, अशोक लामा र विजय लामा रहेका छन् ।
पार्टी इन्चार्ज बोगटी, पार्टी केस फुर्वालगायतका नेताहरुको मुख्य उपस्थितिमा भएको एक कार्यक्रमका बीच ती युवाहरु क्रान्तिकारी माओवादीमा ध्रुवीकृत भएका थिए । पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी बादलले गर्नु भएको थियो भने संचालन सह–सेक्रेटरी सागरले गर्नु भएको थियो । क्रान्तिकारी माओवादीमा ध्रुवीकृत भएका युवाहरुको तर्फबाट गोपिलाल घलानले नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न क्रान्तिकारी माओवादी पार्टीमा ध्रुवीकृत भएको धारणा राखेका थिए ।
यसैबीच, दैलेखबाट प्राप्त समाचार अनुसार नेकपा (एमाले) दैलेखका जिल्ला कमिटि सदस्य र महुँवा गाउँ कमिटिकाका सह इन्चार्ज समेत रहनु भएका कर्णबहादुर शाही क्रान्तिकारी माओवादीमा प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टीका तत्कालीन सेम इन्चार्ज तथा केस कृष्ण गुरुङ र केस तथा दैलेख पार्टी इन्चार्ज दिपक शाहीले पार्टीमा स्वागत गर्नुभयो ।





























