काठमाडौं । नेपका (क्रान्तिकारी माओवादी) ले भारतको विहारमा पक्राउ परेका सप्तरी तिलाठीका देवनारायण यादव र उनका छोराको तत्काल रिहाईको पहल गर्न नेपाल सरकारसँग माग गरेको छ ।

नेपालको सीमा क्षेत्र बचाउ अभियानमा नेतृत्वदायी भूमिका खेलेका उनलाई भारतको विहार सरकारले झुठा मुद्दा लगाएर पक्राउ गरेको भन्दै क्रान्तिकारी माओवादीले यो घटनालाई गम्भीर रुपमा लिएको उल्लेख गरेको छ ।

हार्दिक शुभकामना !

क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले विज्ञप्ति जारी गर्दै तिलाठी गाउँपालिकाको दशगजा क्षेत्रमा अन्तराष्ट्रिय मान्यता विपरित भारतले निर्माण गरेको बाध भत्काउने र नेपालको स्वाधिनताको रक्षामा त्यस क्षेत्रका जनताले विभिन्न ढंगबाट गर्दै आएको संघर्षमा नेतृत्वदायी भूमिका खेलेका यादवलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

कँडेलले सरकारले उनको रिहाईका लागि नेपाल सरकारले पहल गर्नुको सट्टा औपचारिक विरोध समेत नगरेकोमा समेत आपत्ति प्रकट गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘षड्यन्त्र मूलक तरिकाले नेपाली नागरिकलाई भारतले गिरफतार गरेको तिन दिन वित्दा समेत नेपाल सरकारलेऔपचारीक विरोध र रिहाईको प्रकृया अगाडि नबढाउनु गंभीर आपत्तीको विषय हो । भारत सरकारको यस प्रकारको रवैयाको हाम्रो पार्टीले भत्र्सना र घोर निन्दा गर्दछ । र तत्काल नेपाल सरकारसंग क्षमा माग्दै गिरफ्तार नेपालीको तत्काल रिहाईको माग गर्दछ । साथै नेपाल सरकारको गैरजिम्मेवारी पनाको तिव्र विरोध गर्दै भारत सरकारसंगतत्काल रिहाईको लागी पहल गर्न माग गर्दछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर