काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) बीच एकताको गृहकार्य अघि बढेको छ ।

स्थानीय तहको निर्वाचनमा परस्पर विरोधी समूह बनाएरै निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्र पुनः निर्वाचनमा सहकार्य हुँदै पार्टी एकतासम्म पुग्न सहमत भएका हुन् ।

हार्दिक शुभकामना !

२०७२ मा संविधान जारी भएपछि संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसविरुद्ध एक ठाउँमा उभिएका एमाले र तत्कालीन एमाओवादी त्यसको ९ महिनापछि माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकार ढाल्दै काँग्रेससँग मिलेर सरकारमा गएपछि दुई पार्टीबीच तित्तता बढेको थियो ।

सोही तित्तताले निरन्तरता पाइरहेकै बेला एमाले र माकेबीच एकताको विषय बाहिर आएको हो । माओवादी केन्द्रको सोमवार पेरिशडाँडामा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेसँग पार्टी एकता गर्नेबारेमा छलफल भएको छ ।

माओवादी केन्द्रले पार्टी एकताका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई छलफलको जिम्मा दिएको छ ।

एमालेले आगामी निर्वाचनमा माओवादी केन्द्रसहितका बाम दलहरुसँग सहकार्य र तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नै गर्ने निर्णय गरेको हो ।

दुई पार्टीबीच सहकार्य र तालमेल भए पनि तत्कालै शेरबहादुर देउवा नेतृत्वको सरकार भने परिवर्तन हुनेछैन । निर्वाचनअघि नै सरकार परिवर्तन गर्न निर्वाचनमा विभिन्न षड्यन्त्र हुन सक्ने भन्दै मंसिरसम्म सरकार परिवर्तन नगर्ने पनि दुई दलबीच समझदारी भएको बताइएको छ ।

एमालेसँग पार्टी एकतासम्म जाने निर्णयमा गोपाल किराँतीले असहमति जनाएका छन् । एमाले र माओवादी केन्द्रबीच भएको समझदारीको प्रारम्भिक निर्णय मंगलबार नै सार्वजनिक हुने बताइएको छ ।

पार्टी एकताका लागि भएको सहमतिमा प्रचण्डकै नेतृत्वमा भएको १० वर्षे जनयुद्धलाई अपमानित गर्ने बुँदा समेत उल्लेख गरिएको छ । सहमतिको पहिलो बुँदामा नै १० औं हजारको बलिदान भएको जनयुद्धलाई बहसमा लैजाने उल्लेख छ ।
यसैगरी दुई पार्टीबीच एमाले ६० र माओवादी केन्द्र ४० प्रतिशत रहनेगरी उम्मेदवार उठाउने, आगामी सरकार र पार्टीको नेतृत्व अलग अलग गर्ने, एकता संयोजन समिति गठन गर्ने, सूर्य चिन्हमा चुनाव लड्ने र समाजवादी क्रान्तिको मोडालिटी तयार पार्ने लगायत सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर