दशैंको टीका लगाउन गएका ६ जनालाई खोलाले बगायो

दशैंको टीका लगाउन गएका ६ जनालाई खोलाले बगायो

सर्लाही । दशैंको टीका लगाउन हिँडेका ६ जनालाई सर्लाहीमा लखन्देही खोलाले बगाएर बेपत्ता बनाएको छ ।

सोमबार साँझ खोलामा आएको बाढीले उनीहरुलाई बगाएको प्रहरीले जनाएको छ ।
खोलाले बगाएर पत्थरकोटकी राधिका ढुंगाना उनका ७ वर्षीय छोरा किस्मत, ५ वर्षीया छोरी क्रितिका र एक वर्षीय छोरा क्रिति बेपत्ता भएका हुन् ।

यस्तै जुटपानीकी ५५ वर्षीया भिममाया काफ्ले र पिडारीका ६० वर्षीय रामदेव साह कलवार पनि खोलामा बगेर बेपत्ता छन् ।

मृतक चार जना आमा–बच्चा दशैंको टीका लगाउन बाराबाट सर्लाहीको जियाजोरस्थित माइती जाँदै गर्दा खोला तर्ने क्रममा बाढीमा परी डुबेको प्रहरीको भनाई छ ।

अरु दुई जनालाई भने भैंसी चराएर फर्किदै गर्दा खोलाले बगाएको हो । खोलाले बगाएर बेपत्ता सबै जनाको खोजीकार्य जारी छ ।