अमेरिकाको लास भेगसमा सांगीतिक कार्यक्रममा गोली चल्दा २० को मृत्यु

अमेरिकाको लास भेगसमा सांगीतिक कार्यक्रममा गोली चल्दा २० को मृत्यु

एजेन्सी । अमेरिकाको लास भेगसको एउटा सांगीतिक कार्यक्रममा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा पनि २० जनाको मृत्यु भएको छ ।

सो घटनामा परी अन्य १ सयजनाभन्दा बढी घाइते भएको बताइएको छ ।

प्रहरीले बन्दुकधारी एक जना स्थानीयवासी रहेको बताएपनि उसको नाम खुलाइएको छैन । आक्रमणकारीको पनि प्रहरीको जवाफी कारबाहीमा परी मृत्यु भएको छ ।

बन्दुकधारीसँगै रहेकी भनिएकी उसकी केटी साथीको प्रहरीले खोजी गरिरहेको छ । ती केटी साथीको नाम मारिलउ ड्यानले भएको बताइएको छ ।

बन्दुकधारीले म्यान्डले बे होटल तथा क्यासिनोको ३२ औं तलाबाट गोली चलाएको बताइएको छ ।