सप्तरी । सप्तरीको तिलाठीमा भारतीय पक्षले गरेको सीमा अतिक्रमण अत्याचारकाविरुद्ध सशक्त प्रतिरोध गरेर चर्चामा आएका देवनारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतको सुनौली गएका बेला प्रहरीले अजयलाई पक्राउ गरेको थियो । छोरालाई छुटाउन गएका देवनारायणलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएर अपहरण मुद्दा लगाएको हो ।

हार्दिक शुभकामना !

उनीहरु दुबैलाई भारतीय सुरक्षाकर्मीले पक्रेर हतकडी लगाएर राखेको छ । यादव बाबुछोरालाई सुपौल जिल्लाको बीरपुर थानामा राखिएको छ ।

गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाध्न आएका भारतीयको प्रतिकार गरेका यादवलाई भारतीयले निगरानीमा राख्दै आएको र अहिले झुठो आरोपमा मुद्दा लगाएको स्थानीयको दाबी छ ।

देवनारायणका छोरा अजयले भारतीय युवतीसँग हालै बिवाह गरेका छन् । केटी पक्षले अपहरण गरेको भन्दै उजुरी गरेपछि यादव बाबुछोरालाई पक्रेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाइ छ ।

तर तिलाठीका बासीन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षडयन्त्र भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर