बडादसैंको सातौं दिन आज, घरघरमा फूलपाती भित्र्याईंदै

बडादसैंको सातौं दिन आज, घरघरमा फूलपाती भित्र्याईंदै

काठमाडौं । हिन्दूहरुको महान चाड बडादसैंको आज सातौं दिन, आज घरघरमा स्थापना गरिएको देवीसमक्ष फूलपाती अर्पण गर्न फूलपाती भित्र्याईंदै छ ।

काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा पनि फूलपाती भित्र्याईंदै छ । धादिङको जीवनपुरबाट ल्याइएको फूलपाती पर्सिएर दसैंघरमा भित्र्याउने तयारी छ ।

सर्वसाधारणले परम्पराअनुसार हनुमानढोका दरबारको पश्चिम मूलढोका परिसरबाट फूलपाती उत्सव अवलोकन गर्न पाउने छन् । नेपाली सेनाले परम्पराअनुसार टुंडिखेलमा फूलपाती बढाई गर्दै छ ।

बडादसैंका अवसरमा पशुपतिस्थित राजराजेश्वरी, गुहेश्वरी, भुवनेश्वरी, बनकाली, झंकेश्वरी, पाटनको बंगलामुखी, चामुण्डादेवी, भीमसेनगोलाको कात्यायनीलगायत देशैभरका शक्तिपीठमा भक्तजनले पूजा आराधना गरिरहेका छन् ।