काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को बिहीबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको पनि उपयोग गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय बुद्धनगरमा बुधबार र बिहीबार गरी दुई दिनसम्म चलेको बैठकले पार्टीको राजनीतिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल मार्फत् स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोग गरेको क्रान्तिकारी माओवादीले आगामी मंसिर १० र २१ गतेका लागि घोषणा गरिएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको पनि मोर्चामार्फत् उपयोग गर्ने निर्णय गरेको छ । बैठकले असोज २१ देखि २५ सम्मका लागि तय गरेको पार्टीको राष्ट्रिय सम्मेलन कास्कीको पोखरामा गर्ने निर्णय समेत गरेको छ । स्थानीय तहको निर्वाचनमा दलीय चुनाव चिन्ह नपाएपछि स्वतन्त्र हैसियतमा निर्वाचनको उपयोग गरेको मोर्चाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि भने दलीय हैसियतमा ‘मुठ्ठी’ निर्वाचन चिन्ह पाएको छ ।

निर्वाचन आयोगमा दल दर्ता भएपछि मोर्चाले यस अघि नै समानुपातिक निर्वाचनको पनि उपयोग गर्ने भन्दै निर्वाचन आयोगमा दर्ता गरिसकेको छ । पार्टीको सचिवालयको बैठक सकिए लगत्तै बिहीबारै बसेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको बैठकले पनि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन उपयोग गर्ने निर्णय लिएको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण निर्णय लिएको छ ।

हार्दिक शुभकामना !

मोर्चाको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभा र प्रदेश सभा संरचनाहरुको समानुपातिक सूची जिल्ला जिल्लाले असोज १७ गतेसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नु पर्ने निर्णग गरेको छ भने निर्वाचन घोषणा पत्र लेखनका लागि सी.पी. गजुरेल, परि थापा, कमल चौधरी, के.बी. गुरुङ्ग र अम्बिका मुडभरी रहेको पाँच सदस्यीय कमिटि निर्माण गरिएको छ । बैठकले प्रत्यक्ष तर्फ निर्वाचन लड्ने उम्मेदवारहरुलको नामावली प्रथम चरणमा सम्पन्न हुने जिल्लाहरुको यहि असोज २५ गतेसम्म र दोश्रो चरणको कार्तिक ५ गतेसम्म केन्द्रीय कार्यालय पठाइसक्नु पर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले निम्नानुसार मंसिर १० र २१ का लागि निर्वाचन तालिका र निर्वाचन हुने जिल्लाहरुको विवरण सार्वजनिक गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर