
फार्इल तस्विर
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरमा एउटा घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
स्थानीय ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा बिहीबार बिहान ३ बजे अचानक आगलागी हुँदा उनीसहित ४ जनाको मृत्यु भएको हो ।
आगलागीबाट घरभित्र सुतेका चन्द्रबहादुर, उनकी ८६ वर्षीया आमा गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी विष्णुहरि कोइरालाले जानकारी दिए ।
आगो विराटनगर, इटहरी र दमकका समेत गरी तीनवटा वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।