महोत्तरीको रामगोपालपुरमा एकै दिन देजमोका दुई कोणसभा

महोत्तरीको रामगोपालपुरमा एकै दिन देजमोका दुई कोणसभा

जलेश्वर । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले महोत्तरीको रामगोपालपुर नगरपालिकामा शुक्रबार एकै दिन दुई वटा कोणसभा सम्पन्न गरेको छ ।

स्थानीय तह निर्वाचनको तेस्रो चरण अन्तर्गत यही असोज २ गते हुन लागेको प्रदेश नम्बर दुईका निर्वाचन प्रचारको अन्तिम दिन शुक्रबार सो नगरपालिकामा दुई वटा कोणसभा गरिएको हो ।

निर्वाचन प्रचार तथा वर्तमान पश्चगामी संविधानको भण्डाफोर अन्तर्गत सो नगरपालिकाको १, २ र ३ नम्बर वडाको एउटा कोणसभा गरिएको थियो भने ७ र ८ नम्बर वडाको अर्को कोणसभा गरिएको थियो ।

दुवै कोणसभामा देजमोका कार्यालय सचिव हरिकृष्ण गजुरेलले सम्बोधन गरेका थिए । ति कोणसभामा नगरपालिकाका मेयरका उम्मेदवार उपेन्द्र प्रसाद यादव र उपमेयरका उम्मेदवार रामसोगारथ यादव समेत सहभागी थिए ।

कोणसभाका क्रममा मेयरका उम्मेदवार उपेन्द्र प्रसाद यादवले जनतासँगका आफ्ना प्रतिबद्धतासहितको मन्तव्य राखेका थिए ।