सरकारले कानुनको पालना नगरेको बाबुराम भट्टराईको भनाई

सरकारले कानुनको पालना नगरेको बाबुराम भट्टराईको भनाई

राजविराज । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले वर्तमान सरकारले सत्ताको दुरुपयोग गर्दै निर्वाचन आचार संहितालाई लत्याईरहेको आरोप लगाएका छन् ।
सप्तरीको राजविराजमा पत्रकारसँग कुराकानी गर्दै संयोजक भट्टराईले नेपाली कांग्रेस र माओवादी केन्द्रको मिलिजुली सरकारले कहिले पनि नियम–कानून पालना नगरेको बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले २०५१ सालदेखि नै नियम–कानून उल्लघंन गरिरहेको उनको भनाई थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा पनि आफू युद्धको कमाण्डर नै भएपछि नियम कानुन लाग्दैन भने मानसिकता रहेको उनको आरोप छ ।

निर्वाचन आचार संहिता विपरित सरकारले मन्त्रिपरिषद विस्तार, कर्मचारी सरुवा बढुवा र राज्य कोषको चरम दुरुपयोग गरेको उनको आरोप थियो । यस्तो हुँदा पनि निर्वाचन आयोग भने निरीह र लाचार बन्नु दलीय भागबण्डामा पदाधिकारी नियुक्तीको कारण भएको भट्टराईको भनाई छ ।