इर्माका कारण फ्लोरिडामा विद्युत आपूर्ति नहुँदा ८ जनाको मृत्यु

इर्माका कारण फ्लोरिडामा विद्युत आपूर्ति नहुँदा ८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको फ्लोरिडामा इर्मा आँधीका कारण एक सातादेखि विद्युत आपूर्ति बन्द हुँदा नर्सिङ होममा रहेका ८ जनाको मृत्यु भएको छ ।

तीन जना हलिवुड सिटीको नर्सिङ होममा मृत अवस्थामा भेटिएको र अरु पाँच जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

अरु एक सय १५ जनालाई हलिवुड हिल्स फ्यासिलिटीको नर्सिङ होमबाट उद्धार गरिएको छ । इर्मा आँधीका कारण फ्लोरिडामा विद्युत आपूर्ति बन्द भएको छ ।

अहिले पनि एक करोडभन्दा भन्दा बढी मानिस विद्युत बिना बस्न बाध्य भएका छन् । इर्मा आँधीका कारण अमेरिकामा मात्रै २४ जनाभन्दा बढीको मृत्यु गइसकेको छ ।

आँधीकै कारण क्यारेबियन क्षेत्रमा ४० जनाको मृत्यु भएको थियो ।