काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रतिनिधित्वका लागि देशभक्त जनगणतान्त्रिक मोचा, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले माग गरेको कागजात बुझाएपछि आइतबार उक्त प्रयोजनका लागि मोर्चा दर्ता गरिएको देजमोका कार्यालय सचिव हरिकृष्ण गजुरेलले जानकारी दिएका छन् । दजमोको दर्ता नं. १७ रहेको छ ।