
बर्दिबास, महोत्तरी । बाढी, कटान र डुवानको समस्याबाट आक्रान्त बनेको तराई÷मधेशमा अहिले एकाएक चुनावको सरगर्मी बढेको छ । तेस्रो चरणमा सम्पन्न हुन लागेको २ नं. प्रदेशको १३६ स्थानीय तहका लागि असोज २ गते हुने निर्वाचनलाई लक्षित गरी सबै राजनीतिक पार्टीहरु यही प्रदेशका ८ वटा जिल्लामा केन्द्रित भएका छन् । साम, दाम, दण्ड, भेदको प्रयोग गरी मतदाताहरुलाई आफ्नो पक्षमा पार्न उनीहरु भएभरको शक्ति प्रयोग गरिरहेका छन् । कांग्रेस, एमाले, माके, राजपालगायतका शक्तिहरुले जनताबीचमा जान र प्रचार प्रसार गर्न एक हिसाबले साना पार्टीहरुलाई प्रतिबन्ध लगाएको र सिण्डिकेट लादिएको आरोप लगाएका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचरसंहिताको घोर उलंघन गर्दै उनीहरुले खसी, राँगा, सुंगुर, बाख्रा, कुखुरा, माछा काटेर भोज भत्तेर खुवाउने, धोती कुर्ता बाँड्ने, रक्सी खुवाउने, पैसा बाँढ्नेलगायतका कार्यहरु भइरहेको नेकपा (क्रान्तिकारी माओवादी)को राजनीतिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुले जानकारी दिएका छन् ।
वर्तमान संविधान, सत्ता र व्यवस्थाको जनविरोधी चरित्रको भण्डाफोर गर्ने र पार्टी तथा मोर्चाको संगठन विस्तारका लागि जनआधार तयार पार्ने उद्देश्य राखेर स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको देजमोले यसभन्दा अगाडि भएका पहिलो र दोस्रो चरणको निर्वाचनमा भाग लिएको थियो । दलीय निर्वाचन चिन्ह नदिनु, स्वतन्त्रको हैसियतमा प्राप्त निर्वाचन चिन्हको प्रचार प्रसार मतदातासम्म पु¥याउन नसक्नु, खर्चको चरम अभाव हुनु, चौतर्फी रुपमा संसदवादीहरुको घेराबन्दी हुनु लगायतका प्रतिकूलताहरुलाई चिर्दै देजमोका उम्मेदवारहरुले उम्मेदवारी दिंदै आएका छन् ।
२ नं. प्रदेशको सर्लाही जिल्लाको हरिवन नगरपालिकामा देजमोको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका बलराम न्यौपाने भन्छन्, “मेरो चुनाव चिन्ह ‘क्यामेरामा’मा मतदान गरेर मलाई निर्वाचित गरे हरिवन नगरपालिकाको बजेटलाई पारदर्शी रुपमा खर्च गरेर सुन्दर र हरियाली, विकास निर्माणले समृद्ध, एउटा नमूनायोग्य अनुकरणीय नगर बनाउने छु ।” निर्वाचनमा करोडौं खर्च गरेर, भोजभत्तेर लगाएर, धोती कुर्ता बाँडेर, मतदाताले विवेक नै गुमाउने गरी विभिन्न प्रलोभन बाँडेर निर्वाचन जितेका उम्मेदवारहरुले विकास निर्माण होइन भ्रष्टाचार र अनियमिततालाई बढवा दिने दावी गर्दै जुझारु युवा नेताको पहिचान बनाएका न्यौपानेले भने, “ठूला भनिएका राजनीतिक पार्टीहरुले निर्वाचनको प्रचारमा समेत सिण्डिकेट लादेका छन् । र, स्वेच्छाचारिता प्रदर्शन गरेका छन् । निर्वाचन आचारसंहिताको गम्भीर उलंघन गरेर जात्रामा मेला हेर्न गएको जसरी निर्वाचनको प्रचार गरिरहेका छन् । उनीहरुका अगाडि निर्वाचन आयोग निरीह सावित भएको छ ।” न्यौपानेको दावी छ, उनको उम्मेदवारी तीन दलीय सिण्डिकेटका विरुद्ध मात्रै होइन, क्रान्तिकारी शक्ति अहिले पनि जनताको घरदैलोमा नै छ भनेर स्थापित पनि गरिएको छ । उनी भन्छन्, “मुलुकमा नयाँ जनवादी क्रान्ति सम्पन्न नगरेसम्म जनताको सुदिन आउँदैन । त्यसका लागि देजमोका उम्मेदवारलाई जनताले मतदान गर्न जरुरी छ ।”
देजमोका अर्का उम्मेदवार प्रेमबहादुर भुजेल, जसले महोत्तरीको बर्दिवास नगरपालिकामा मेयर पदमा उम्मेवारी दिएका छन्, भन्छन्, “दलीय निर्वाचन चिन्ह पाएको भए हामी भद्रगोलकै बीचबाट गोल हान्ने थियौं ।” क्यामेरा चुनाव चिन्ह पाएका भुजेलले पनि समय अभावका कारण चुनाव चिन्हको मतदातासम्म प्रचार प्रसार गर्न नसकेको गुनासो गरे । संसदवादी पार्टीका उम्मेदवारहरुले सत्ता र शक्तिको दुरुपयोग गर्दै मतदाताहरुलाई प्रभावित तुल्याउन कुनै कसुर बाँकी नराखेको दावी गर्ने भूजेलले उनीहरुको स्वेच्छाचारिताको खुलेर विरोध गरे । उनले भने, “सत्ता र शक्तिमा भएकाहरुले निर्वाचन आचार संहिताको घोर उलंघन गरेका छन् तर उजुरी दिंदा समेत निर्वाचन आयोगले केही गरेन ।” जनताले देजमोका उम्मेदवारहरुलाई इमान्दार र क्रान्तिकारी ठानेको दावी गर्दै भूजेलले भने, “करोडौं खर्च गरेर चुनाव जित्न खोज्नेहरुले जिते भने यहींको स्रोत दुरुपयोग गरेर अरबौं कमाउनतिर लाग्छन् । मलाई विश्वास छ– जनताले आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने छैनन् ।
विरगञ्ज महानगरपालिकाका मेयर पदका उम्मेदवार छोटेलाल पटेल, जसले देजमोको तर्फबाट उम्मेवारी दिएका छन्, भन्छन्, “अहिलेको प्रतिकूल परिस्थितिमा मैले उम्मेदवारी दिनु नै नैतिक रुपमा मेरो जित हो ।” तराई मधेसको औद्योगिक सहरको रुपमा चिनिने विरगञ्ज महानगरपालिकाका मतदाताहरुको मत आफ्नो पक्षमा पार्न निकै ठूलो चलखेल भइरहेको भन्दै पटेल भन्छन््, “मेरो उम्मेदवारी सिण्डिकेटवाला पार्टीहरुका लागि चुनौती हो ।” पर्सा वा विरगञ्जमा संसदवादी पार्टीहरु मात्रै छैनन्, क्रान्तिकारीहरु पनि छन्, क्रान्तिकारी माओवादी पनि छ, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पनि छ भनेर आम जनतालाई जानकारी गराउनु र पार्टी तथा मोर्चाका एजेण्डाहरु जनताबीचमा लैजान आफूले उम्मेदवारी दिएको दावी गर्ने पटेल भन्छन्, “जसरी पनि चुनाव जित्ने खेलमा हामी छैनौं, आफ्नो मतको संरक्षण गर्दै पार्टी, मोर्चा र एजेण्डालाई स्थापित गर्नमा जोड दिएका छौं ।”
यता सप्तरीको सुरुङ्गा नगरपालिकाबाट उम्मेदवारी दिएका अछ्मीतलाल चौधरी, महोत्तरीको अरही नगरपालिकाका मेयर पदका उम्मेदवार रमेश यादव, धनुषाका मेयर पदका उम्मेदवार नन्दकुमार झा, महोत्तरीका रामगोपालपुर नगरपालिकाका मेयर पदका उम्मेदवार उपेन्द्र यादव, सिरहाको सुखिपुर नगरपालिकाका मेयर पदका उम्मेदवार चन्द्रकला पण्डित, बाराको सिम्रौनगढ नगरपालिकाका मेयरका उम्मेदवार परमानन्द साह, सर्लाहीको लालबन्दी नगरपालिकाका मेयर पदका उम्मेवार अजय श्रेष्ठलगायतका देजमोका उम्मेदवारहरुले पनि आफूहरुले संसदवादीहरुले जस्तो साम, दाम, दण्ड, भेदको प्रयोग गरेर जसरी पनि चुनाव जित्नेभन्दा पनि आफूसम्बद्ध पार्टी, मोर्चा र मुद्दालाई स्थापित गर्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर उम्मेदवारी दिएको दावी गरेका छन् । उनीहरुले भनेका छन्, “जिते जनसेवा, हारे क्रान्तिको तयारी ।”
१) सुरुङ्गा नगरपालिका, सप्तरी
मेयरः अच्छमितलाल चौधरी –क्यामेरा
वडा नं १ अध्यक्षः तिलक बहादुर दर्लामी मगर
वडा नं १ सदस्यः बद्री बहादुर दमाई
वडा नं १ सदस्यः उपेन्द्र निरौला
दलित महिला सदस्यः मनमाया बि.क.
वडा नं २ अध्यक्षः बानेश्वर चौधरी
वडा नं २ सदस्यः मोहन बहादुर तामाङ
वडा नं ४ अध्यक्षः सुस्मा लोहनी
वडा नं ४ महिला सदस्यः भालुनवति चौधरी
वडा नं ४ सदस्यः भगवती चौधरी
वडा नं ८ अध्यक्षः रेवति प्रसाद चौधरी
वडा नं ८ सदस्यः पल्टी देवी
२) नगराइन नगरपालिका, धनुषा
मेयरः नन्दकुमार झा –शंख
वडा नं ५ अध्यक्षः तिरपिट महरा
वडा नं ५ सदस्यः बिक्रु साह
वडा नं ५ महिला सदस्यः नैन कुमारी
वडा नं ७ अध्यक्षः रामबरण ठाकुर
वडा नं ८ अध्यक्षः सौदागर मण्डल
१) जनकपुर उपमहानगरपालिका, धनुषा
वडा नं ६ अध्यक्षः दिनेश मल्लिक डोम
३) औरही नगरपालिका, महोत्तरी
मेयरः रमेश यादव –केटाकेटी
वडा नं ५ अध्यक्षः रामचन्द्र मुखिया
वडा नं ६ अध्यक्षः इन्द्रदेव यादव
२) बर्दिवास नगरपालिका, महोत्तरी
मेयरः प्रेम ब. भुजेल –क्यामेरा
उपमेयरः नन्दलाल बि.क. –सेलरोटी
वडा नं ४ अध्यक्षः लाल बहादुर पाख्रिन
३) रामगोपालपुर नगरपालिका, महोत्तरी
मेयरः उपेन्द्र यादव –पङ्खा
उपमेयरः रामसोगारथ यादव –कोदालो बाकेको किसान
वडा नं ४ अध्यक्षः फेकन यादव
४) सुखिपुर नगरपालिका, सिरहा
मेयरः चन्द्रकला पण्डित –क्यामेरा
वडा नं ८ अध्यक्षः जयनारायण साह
महिला सदस्यः निर्मला चौधरी
सदस्यः त्रिलोक मुखिया
सदस्यः लुटन साह
सदस्यः बिरेन्द्र चौधरी
२) धनगढीमाई नगरपालिका, सिरहा
मेयरः शुमलाल राम –स्टकोट
३) गोलबजार नगरपालिका, सिरहा
उपमेयरः शम्भू साह –भित्ते घडी
वडा नं ३ अध्यक्षः रञ्जित लामा
५) सिम्रौनगढ नगरपालिका, बारा
मेयरः परमानन्द साह –क्यामेरा
वडा नं ६ अध्यक्षः रामजनम महतो
वडा नं ७ अध्यक्षः सिताराम चमार
५) आदर्श कोतवल गाउँपालिका, बारा
अध्यक्षः बिजय पटेल
६) हरिवन नगरपालिका, सर्लाही
मेयरः बलराम न्यौपाने –क्यामेरा
उपमेयरः दुबवाङ लामा –सेलरोटी
वडा नं १ अध्यक्षः भीम बहादुर लुङ्गेली
वडा नं १ महिला सदस्यः निर्मला विश्वकर्मा
वडा नं १ दलित महिला सदस्यः माइलीमाया लुहार
वडा नं १ सदस्यः पदम बहादुर श्रेष्ठ
वडा नं १ सदस्यः कर्मलाल घलान
वडा नं २ अध्यक्षः पुष्पकुमार डिम्डोङ
वडा नं २ महिला सदस्यः बिमलामाया लामा
वडा नं २ दलित महिला सदस्यः बिन्दाकुमारी बि.क.
वडा नं २ सदस्यः मिन बहादुर गोले
वडा नं २ सदस्यः सोम बहादुर लामा
वडा नं ४ अध्यक्षः जीत बहादुर स्याङतान
वडा नं ४ महिला सदस्यः आइतीमाया मोक्तान
वडा नं ४ सदस्यः मित्र ब. सार्की
वडा नं ४ सदस्यः इन्द्र बहादुर स्याङतान
वडा नं ५ अध्यक्षः कैलास कुमार स्याङतान
वडा नं ५ सदस्यः अजोदी महतो
वडा नं ५ सदस्यः शेख सहिद मुसलमान
वडा नं ६ अध्यक्षः अक्कल बहादुर गोले
वडा नं ६ महिला सदस्यः भुवनेश्वरी खरेल
वडा नं ६ दलित महिला सदस्यः सविता विश्वकर्मा
वडा नं ६ सदस्यः मुकुन्द प्रसाद उप्रेती
वडा नं ६ सदस्यः कृष्ण बहादुर विश्वकर्मा
वडा नं ८ अध्यक्षः मेख बहादुर विश्वकर्मा
वडा नं ९ अध्यक्षः वंशीकुमार दनुवार
वडा नं ९ महिला सदस्यः ललिता चौधरी
वडा नं ९ दलित महिला सदस्यः बिष्णुमाया विश्वकर्मा
वडा नं ९ सदस्यः भुनेश्वर दनुवार
वडा नं ९ सदस्यः बासु बलम्पाकी
वडा नं १० अध्यक्षः चित्र बहादुर बि.क.
वडा नं ११ अध्यक्षः शिब प्रसाद धिमाल
२) लालबन्दी नगरपालिका, सर्लाही
मेयरः अजय श्रेष्ठ –बेलना र चकला
३) इश्वरपुर नगरपालिका, सर्लाही
वडा नं १२ अध्यक्षः अच्युतम प्रसाद पोखरेल
४) बरहथवा नगरपालिका, सर्लाही
वडा नं ३ अध्यक्षः ठकन महतो
७) माधबनारायण नगरपालिका, रौतहट
मेयरः खड्ग साह
वडा नं ५ अध्यक्षः देव नारायण भगत
वडा नं ५ सदस्यः विनोद यादव
वडा नं ५ सदस्यः जितेन्द्र चौधरी
२) सोनमा गाउँपालिका, महोत्तरी
अध्यक्षः नागेश्वर यादव
३) पिपरा गाउँपालिका, महोत्तरी
अध्यक्षः राजेश झा
८) बीरगंज महानगरपालिका, पर्सा
मेयरः छोटेलाल पटेल –केटाकेटी
वडा नं ७ अध्यक्षः अमरेन्द्र आनन्द
२) सखुवापरसौनी गाउँपालिका, पर्सा
वडा नं ४ अध्यक्षः जुगुल प्रसाद थारु
वडा नं ६ अध्यक्षः सुधाकर सिंह
































