काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति सचिवालयको विस्तारित बैठक शनिबार सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’को विशेष उपस्थितिमा सम्पन्न बैठकले मोर्चाका नेताहरु विष्णुप्रकाश नेपाली (कंचनपुर), टेकबहादुर विक (काभ्रे), राम नेपाली (गोरखा) र लिलाबहादुर विक (उदयपुर)लाई सचिवालयमा थप गरेको छ भने प्रादेशिक संरचना अनुसार नेताहरुको कार्यविभाजन गरेको छ ।

मोर्चाका संयोजक अमर परियारको अध्यक्षतामा बसेको बैठकले १ नं. प्रदेशमा गोपाल विक, ३ नं. प्रदेशमा टेकबहादुर विक, ४ नं. मा राम नेपाली, ५ नं. गोपाल नेपाली, ७ नं. विष्णुप्रकाश नेपाली संयोजक रहने गरी कार्यविभाजन गरेको छ भने बाँकी २ र ६ नं. प्रदेशमा कार्यालयले हेर्ने निर्णय गरेको छ । पार्टी कार्यालय बुद्धनगरमा सम्पन्न मोर्चाको बैठकले अहिले पनि समाजमा विद्यमान भेदभाव, छुवाछुतका विरुद्ध र नेपालमा सर्वहारावर्गको रुपमा रहेका दलित समुदायको राजनीतिक, आर्थिक तथा समाजिक अधिकार प्राप्तिका निम्ति आन्दोलन उठानको सशक्त तयारीका लागि संगठन विस्तारमा जोड दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर