काठमाडौँ । नेपालमा पहिलोपटक ३६५ जना गायक गायिकाले संयुक्त रुपमा गाएको गीत शनिबार सार्वजनिक गरिएको छ । यतिधेरै कलाकारहरुले गाएको यो नै विश्वकै पहिलो गीत भएको दावी गरिएको छ । काठमाडौँको आर्मी अफिसर क्लबमा आयोजित एक कार्यक्रममा मिलनकोली शिर्षक दिइएको उक्त गीत सार्वजनिक गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवी माधवप्रसाद घिमिरे लगायतको उपस्थितिमा सार्वजनिक गरिएको उक्त गीतमा राष्ट्रकवी घिमिरेदेखि ५ वर्षीया गायकलगायतको स्वर समावेश गरिएको छ । वातावरण संरक्षणको विषयलाई उठान गरी तयार पारिएको उक्त गीतमा शब्द तथा संगीत निपेश ढाकाको रहेको छ ।
एउटै गीतमा ३६५ जना गायक गायिकाहरूले स्वरांकन गरेको गीत अहिलेसम्म विश्वमा कतैपनि नभएकोले यो गीत गिनिज बुक अफ द वल्र्डमा रेकर्ड हुने संगीतकार निपेश ढाकाको दावी छ ।
कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले वातवरण सम्बद्र्धन र संरक्षणका लागि सुरु गरिएको यो अभियान उत्कृष्ट भएको बताइन् ।