चौतारा । अविरल बर्षासँगै आएको पहिरोमा परी शुक्रबार राति सिन्धुपाल्चोकको एक विद्यालय भवन पुरिएको छ ।
साविक फुल्पिङकोट गाविस–९ र हाल बलेफी गाउँपालिका–३ धुस्कोटको ओख्रेनीस्थित चारकोठे सिमासिंह आधारभूत विद्यालय भवन पुरिएकाले पठन–पाठनमा असर पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम तामाङले जानकारी दिए ।
करिब डेढ सय मिटरमाथिबाट खसेको पहिरोको लेदोले विद्यालय भवन पुर्नुका साथै त्यहाँस्थित थारमारे र भुसुनेखोलामा बाढीले गहि¥याएर खोंच बनाएकाले बालबालिकालाई आवत–जावत गर्नसमेत कठिनाइ भएको छ ।
पहिरोले विद्यालय भवनमा क्षति पुगेपछि त्यहाँका ६४ जना बालबालिकालाई त्रिपाल हालेर पढाउनुको विकल्प नभएको उनले बताए ।































