बारा । गृहमन्त्री जनार्दन शर्माले प्रदेश नम्बर–२ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि सुरक्षाको सबै प्रबन्ध मिलाइएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।
निर्वाचनको सुरक्षा अनुगमन तथा स्थानीय प्रशासनसँग छलफलका लागि तराई पुगेका शर्माले बाराको सिमरामा पत्रकारहरुसँग कुराकानी गर्दै तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा मतदाताले सुरक्षित मतदान गर्न पाउने वातावरण मिलाउन सुरक्षा निकाय जुटेको उनको भनाइ छ ।
गृहमन्त्री शर्माले राजनीतिक दलहरुबीच सहमति भए अझै संविधान संशोधन हुनसक्ने उल्लेख गरे ।