
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रदेश संरचनामा जाने निर्णय गरेसँगै विभिन्न प्रदेश कमिति गठन भएका छन् ।
सोही अनुसार देजमोको बेग्लाबेग्लै भेलाले प्रदेश नम्बर २ मा कमल चौधरी र ३ नम्बरमा पवनमान श्रेष्ठको संयोजकत्वमा प्रदेश समिति निर्माण गरेको छ ।

राजधानीमा भएको ३ नम्बर स्तरीय भेलाले क्रान्तिकारी माओवादीका सचिवालय सदस्य समेत रहेका श्रेष्ठको संयोजकत्वमा ३३ सदस्यी प्रदेश समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा अम्बिका मुडभरी, शिवराम यादव, कान्छाराम तामाङ, दिलबहादुर घिसिङ, हरिकृष्ण गजुरेल, भक्तराज थापा, सचिर महर्जन, किरण शाही, गोर्की श्रेष्ठ, हरिकृष्ण उपाध्याय, भरत बुर्जा, खगेन्द्र छन्त्याल, श्रीकृष्ण सुलु, श्याम केसी, गोपाल घिमिरे, सेवन्तराज भण्डारी रहेका छन् ।
यसैगरी अशोक शर्मा, कुमार बोगटी, सोनाम याङ्की लामा, पूर्णकुमारी देवकोटा, इन्दिरा अधिकारी, इन्दिरा घिमिरे, अम्बिका पाण्डे, अब्दुल्ला सलाम, अमृत अधिकारी, निरञ्जन श्रेष्ठ, विष्णु न्हिसुतु, नारायण अधिकारी, लीला पौडेल, लाङ्घाली मगर, टिका खतिवडा हस्तबहादुर रहेका छन् ।
उता, दुई नम्बर प्रदेशमा पनि देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रदेशस्तरीय भेला सम्पन्न भएको छ । भेलाले क्रान्तिकारी माओवादीका सचिवालय सदस्य तथा देजमोका कार्यालय सदस्य कमल चौधरीको नेतृत्वमा १९ सदस्यीय प्रदेश समिति निर्माण भएको छ ।
समितिमा विदुर खरेल, जितेन्द्र सिंह, खड्ग साह, रुपेश पोखरेल, तेतरीदेवी पट्टेल, सूर्यनारायण चौधरी, रामेश्वर यादव, सुरेन्द्र साह, सञ्जय सिंह, विन्देश्वर राय, ठकुन महतो, प्रेम भुजेल, गान्धी यादव, केशब न्यौपाने, किरण चौधरी, नन्दु झा, बलिराम यादव र तुलबहादुर बलम्पाकी सदस्य रहेका छन् ।