रुकुम । रुकुम जिल्लाको सदरमुकाम मुसिकोटसहित नगरपालिकामा विद्युत सेवा एक सातादेखि बन्द भएको छ ।
एक हप्ता अगाडि केन्द्रीय प्रशारण लाइन र स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिन विग्रेपछि विद्युत सेवा बन्दभएको हो ।
विद्युत् सेवा बन्दभएको कारणले सरकारी कार्यालय, स्वास्थ्य सेवा तथा प्रशासनिक कामहरु अत्यन्त प्रभावित बनेको छ ।
जनताको नागरिकता बनाउने देखि अस्पतालमा विरामी उपचारमा समेत समस्या उत्पन्न भएको जिल्ला प्रशासन कार्यालय श्रोतले बताएको छ ।
सेवा बन्दको प्रभाव साना तथा मझौला चार दर्जनभन्दा बढी उद्योग, पाँचवटा एफएम रेडियोका प्रसारणमा समेत परेको छ ।
उता विद्युत प्राधिकरणको कार्यालय समस्या सुल्झाउन जोडतोडले काम भइरहेको दाबी गरेतापनि स्थानीय जनताहरुले प्राधिकरणको कामप्रति सन्तुष्ट भएका छैनन् । प्राधिकरणले अझै केहीदिनमा मात्र सेवा सुचारु हुने जानकारी दिएको छ ।






























