भारतले नेपाली भूमि मिचेर सडक बनाउँदा पनि किन बोल्दैन सरकार ?

भारतले नेपाली भूमि मिचेर सडक बनाउँदा पनि किन बोल्दैन सरकार ?

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक क्षेत्रलाई मिचेर बाटो निर्माण गरेको छ ।

भारतको लोकनिर्माण विभागले लिपुलेकदेखि उत्तरतिर दुई किलोमिटरसम्म पर्यटकीय पदमार्ग निर्माण गरेपनि नेपालको सरकारले हालसम्म कुनै आधिकारिक भनाई सार्वजनिक गरेको छ ।

भारतीय सञ्चारमाध्यमले भने लिपुलेक क्षेत्रमा दुई किलोमिटरसम्म पदमार्ग बनाएपछि कैलाश पर्वतको दर्शन गर्न सजिलो भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

दुई वर्ष लगाएर निर्माण गरिएको उक्त पदमार्ग निर्माण गर्न भारत सरकारले लोक निर्माण विभागबाट १५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको २८ जुलाइमा प्रकाशित उत्तराखण्डको प्रमुख पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ ।

लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई भारत–चीन व्यापारिक स्थलको रुपमा विकास गर्ने सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा सहमति भएपछि नेपालमा त्यसको तिव्र विरोध भएको थियो ।

यद्यपि नेपाली सो भूमिमा अनाधिकृत रुपमा भारतले पदमार्ग निर्माण गर्दा नेपाल सरकारले भने हालसम्म कुनै औचारिक धारणा सार्वजनिक नहुनु दुःखद भएको सीमाविद्हरुले जनाएका छन् ।

भुटान र चीनबीचको सीमा क्षेत्र डोकलाममा चीनसँग विवाद गर्न पुगेको भारतले आफूभने नेपाली क्षेत्र मिचेर आफ्नो विस्तारवादी चरित्रलाई उगांगो पारेको क्रान्तिकारी माओवादीका एक नेताले बताए ।

भेडाच्याङ्ग्रा र घोडाखच्चरमार्फत तिब्बतसँग व्यापार गर्ने सो क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि मिचेस सडक बनाएको स्थानीयबासीले जनाएका छन् । नेपाली क्षेत्रमा नै निर्माण भएको सो पदमार्गमा भारतले नेपालीलाई नै प्रवेश गर्न रोक लगाएको छ ।