कोरियन भाषापरीक्षा नतिजा : ६८ हजार भन्दा बढी सहभागी, १२ हजार १०८ उत्तीर्ण

कोरियन भाषापरीक्षा नतिजा : ६८ हजार भन्दा बढी सहभागी, १२ हजार १०८ उत्तीर्ण

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा अनुसार ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएकोमा १२ हजार १०८ उत्तीर्ण भएका छन् । ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले जानकारी दिए अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । नतिजा अनुसार कृषि तर्फ ७ हजार पाँच सय ७८ जना पास भएका छन् भने उत्पादन क्षेत्रमा चार हजार पाँच सय ३० जना पास भएका छन् ।

कोरियन भाषा परीक्षामा ६८ हजार पाँचसय भन्दा बढी सहभागी थिए । जेठ २७ र २८ गते भाषा परीक्षा सम्पन्न भएको थियो । २७ र २८ गतेको परीक्षा प्राविधिक कारण छुटेकाको परीक्षा भने असार २१ पछि नौ दिन लगाएर सम्पन्न भएको थियो । यसरी सम्पन्न भएको कोरियन भाषा परीक्षाको नतिजा मंगलबार एकसाथ सार्वजनिक भएको हो ।