शरिरमा आउने सेतो दाग निकै सामान्य रोग हो । यसलाई मेडिकलको भाषामा विटिलिगो वा ल्यूकोडर्मा भनिन्छ । संसारभरीको जनसंख्याको एक ठूलो हिस्सा यो रोगबाट प्रभावित छन् । यो रोग धेरैजसो कालो छाला भएका मानिसलाई हुन्छ । यसले शरिरको सुन्दरतामा नकारात्मक असर पुर्याउँछ । यो रोग लागेका धेरैजसो व्यक्तिको मुख, गर्धन पछाडि, नाडी र खुट्टामा हुने गर्दछ ।
यो रोग के कारणले लाग्छ त ?
–३० प्रतिशत मानिसहरुमा सेतो दागको कारण वंशानुगत हुन्छ ।
–केही मानिसहरुलाई भने सूर्यको यूभी किरणले पनि यस्तो दाग देखिने गर्दछ ।
–पेटमा समस्या र किरा हुँदा पनि छालामा सेतो दाग देखिने गर्दछ ।
–कलेजोमा समस्याका कारण पनि सेतो दाग देखिने गर्दछ ।
–पसिना आउँदा सिस्टममा समस्या हुँदा पनि सेतो दाग देखिने गर्दछ ।
–मधुमेह, हाइपोथाइराइडजस्ता रोगका कारण पनि छालामा सेतो दाग देखिने गर्दछ ।
–गलत खानाको सम्मिश्रणले पनि यस्तो समस्या निम्तिन सक्छ ।
सेतो दाग निको पार्ने उपायः
–रातो माटोः
एक चम्चा अदुवाको रसमा दुई चम्चा रातो माटो मिसाएर दाग देखिएको भागमा दुई मिनेटसम्म मसाज गर्नुहोस् ।
–तामाको भाँडाः
तामाको भाँडाको पानी पिउँदा शरिरमा आइरनको कमी हुँदैन, यसले सेतो दागबाट पनि राहत प्रदान गर्दछ । खरबुजाको बियाँ, अदुवा र बदामलगायत खाँदा पनि शरिरमा आइरनको कमी हुँदैन ।
–घामको किरणबाट बच्नुहोस्ः
बाहिर निस्कनुभन्दा पहिले एक राम्रो एसपीएफ क्रिम लगाउन नबिर्सिनुहोस् । यो क्रिमले तपार्ईंलाई घामको किरणबाट जोगाउँछ । साथै सेतो दाग बढ्न पनि रोक्छ ।
–नीमको पातः
नीमको पातबाट दुईदेखि तीन चम्चा रस निकाल्नुहोस् । यसलाई महमा मिसाउनुहोस् र दिनमा तीनपटक पिउनुहोस् ।
–तुलसीको पात र कागतीको रसः
तुलसीलाई दैनिक छालामा लगाउँदा मेलानिनको उत्पादन बढ्ने गर्दछ र सेतो दाग हट्छ । दुई चम्चा तुलसी र एक चम्चा कागतीको रसलाई दागमा लगाउनुहोस् ।
–ओखरको पाउडरः
ओखरको पाउडरमा थोरै पानी मिसाउनुहोस् । यसलाई दागमा दिनमा दुई पटक लगाउनुहोस् ।
–चन्दन र बदामको तेलः
दुई चम्चा चन्दनको पाउडरमा एक चम्चा बदामको तेल र आधा चम्चा बेसारको पाउडर मिसाएर दागमा लगाउनुहोस् । यस्तो दिनमा दुई पटक गर्नुहोस् ।