काठमाडौं । अमेरिकाको अलस्का राज्यमा रहेको डेनाली हिमाल आरोहणका क्रममा मृत्यु भएका अल्ट्रा धावक तथा पर्वतारोही सञ्जय पण्डितको शव नेपाल ल्याउन पहल सुरु भएको छ ।

अमेरिकाको कानुनी प्रक्रिया पूरा भइसकेकाले अब शब छिट्टै नेपाल पठाउने प्रक्रिया सुरु गरिएको जनाइएको छ । वासिंङटन डिसीस्थित नेपाली दूताबासले खराब मौसमका कारण शव न्यूयोर्कसम्म ल्याउन निकै समय लागेको जनाएको छ ।

डेनाली हिमाल चढ्ने क्रममा उनेको जुन १६ मा निधन भएको थियो । एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत जुन ३ मा गएर २६ मा फर्किने उनीहरुको योजना थियो ।

उत्तर अमेरिकाको सबैभन्दा अग्लो डेनाली हिमाल आरोहणका क्रममा करिब १७ हजार २ सय फिटमाथि हाइ अल्टिट्युडका कारण उनको मृत्यु भएको थियो ।

सात महादेशका सबै अग्ला हिमाल आरोहण गर्ने घोषणा गरेका उनले सन् २०१३ मे १९ मा सगरमाथाको सफल आरोहण गरेका थिए । सोही क्रममा उनी टासी शेर्पाको नेतृत्वमा एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत डेनाली चढ्न गएका थिए ।

उनीसँगै डेनाली हिमाल चढ्न गएका टाँसी शेर्पाले हिमालको पाँच नम्बर क्याम्पमा पुगेपछि पन्डितलाई समस्या भएको जानकारी दिएका छन् । डेनालीको चुुचुरो नजिकै पुगेपछि उनी हिड्नै नसक्ने भएका थिए ।

हिड्न नसक्ने गरी अचेत भएका पण्डितले अन्तिममा श्रीमतीसँग भेट्ने इच्छा ब्यक्त गरेका थिए । तर त्यो सम्भव थिएन् । विहानको चार बजे उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर