क्रान्तिकारी बुद्धिजीवी मञ्चको अध्यक्षमा हुकुमबहादुर सिंह

क्रान्तिकारी बुद्धिजीवी मञ्चको अध्यक्षमा हुकुमबहादुर सिंह

काठमाडौं । क्रान्तिकारी बुद्धिजीवीहरुको एक भेलाले राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपाल गठन गरेको छ । ३ असार ०७४ मा काठमाडौंको बुद्धनगरमा भएको भेलाले उक्त क्रान्तिकारी बुद्धिजीवी मञ्च गठन गरेको हो ।

राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संगठन नेपालको आयोजनामा नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको हो ।

भेलाले हुकुमबहादुर सिंहको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको छ भने दीर्घराज पाण्डेको संयोजकत्वमा ७ जना सल्लाहकार समिति पनि निर्माण गरेको छ ।

राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संगठन नेपालका अध्यक्ष हुकुमबहादुर सिंहले आयोजक समितिको तर्फबाट प्रस्तुत गरेको मञ्चको विधान र प्रतिवेदन सामान्य थपघटसहित एक मतले पारित गरेको छ ।

भेलाले उक्त मञ्चको केन्द्रीय समितिका सदस्यहरुमा पृथ्वी कार्की, डा. भवानी पाण्डे, चक्रपाणी शर्मा, पदम भण्डारी, विजयरत्न बज्राचार्य, गोर्की श्रेष्ठ, मनोहर लामिछाने, सुदीप श्रेष्ठ, हरी सिंह, ज्ञानु आचार्य, शिला योगी, रबी किरण निर्जीव, मनोज कुमार यादव, अमृत अधिकारी, बज्र के.सी., पिताम्बर तिवारी, राजबहादुर कुँवर, देवेन्द्र तिमिला, हेमन्त बुढाथोकी, गुमानसिंह खत्री, डि.बि. गुरुङ, तेजबहादुर बस्नेत, बन्धु पाण्डे, होमनाथ पाठक, शकबहादुर बुढाथोकी र इश्वरी शर्मा ढकाललगायतलाई चयन गरिएको छ ।

यसैगरी सल्लाहकार समतिका सदस्यहरुमा डा.जगदिश चन्द्र भण्डारी, कुमार थापा, लोकराज रेग्मी, बलिभद्र शर्मा र ईश्वरचन्द्र ज्ञवाली रहेका छन् ।

मञ्चले मुखपत्रको रुपमा ‘वर्गबोध’ त्रैमासिक खोज तथा अनुसन्धानमूलक वैचारिक पत्रिका प्रकाशन गर्ने निर्णय गरेको छ ।