अख्तियारद्वारा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ

अख्तियारद्वारा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ ।

कर फछर्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न कार्यालयमा बोलाएको अख्तियारले सोही क्रममा पक्राउ गरेको हो ।

विभिन्न फर्मलाई अर्बौं रुपैयाँ छुट दिएको पाइएपछि अख्तियारले शर्मामाथि अनुसन्धान गरिरहेको छ ।

२०७१ सालमा तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले गठन गरेको कर फर्छ्योट आयोगमा शर्मा सदस्य सचिव थिए।

यो आयोगमा १ हजार ७२६ निवेदन परेको थियो, जसमध्ये १ हजार ६९ उजुरीमाथि कारबाही गरी कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो ।

३० अर्ब ५२ करोड बराबरको निवेदन फछर्यौट गर्ने क्रममा आयोगले ९ अर्ब ५४ करोड तिर्न लगाएर २० अर्ब बढी बक्यौता मिनाहा गरेपछि महालेखा परीक्षकको कार्यालयले यसमा प्रश्न उठाएको थियो ।