मलाई मेरो राजनीतिले कहाँ पु¥यायो,
युद्धमा रुवायो, अहिले हँसायो
आफ्नै थुतुनो आफैले हेर्न नहुने बनायो
मलाई मेरो राजनीतिले कहाँ पु¥यायो…..।

यो गीत नेपाल कमाउ पार्टी (मारवाडी केन्द्र) अर्थात् नेकपा (माके)का सुप्रिमो मिस्टर पिकेले चितवनमा आयोजित शुद्ध र पवित्र (?) गठबन्धनको ककटेल सभामा गाएका हुन् । सरकारमा सहभागी चारतारे दलका प्रमुख कामरेड डेउडापति र माके सुप्रिमो मिस्टर पिकेले दुवै दलका भोटर रैती मनुवाहरूलाई एकअर्का पार्टीका उमेद्वारलाई भोट माग्ने क्रममा उक्त गीत गाएका हुन् । नेपाल मण्डलमा पनि चीनमा माओले जनयुद्ध लडेर ल्याए जस्तै नयाँ जनवाद ल्याउने भनेर जनयुद्ध लडाउने पार्टीको नेतृत्व गरेका मिस्टर सुप्रिमो यतिखेर जसका विरुद्ध युद्ध लडेको हो त्यसैसँग हातमा हात, काँधमा काँध, मुखमा मुख र टाउकोमा टाउको मिलाएर सत्ताको भोज खाइरहेका छन् । राजनीतिमा एउटा बाटो समाएर एकातिर हिँडेको मिस्टर सुप्रिमो गन्तब्यमा पुग्नेबेला अर्कै ठाउँमा पुगेपछि उत्पन्न परिस्थितिका कारण उपर्युल्लिखित गीत गाउन पुगेका हुन् ।

चितवनमा आयोजित ककटेल सभालाई मिस्टर सुप्रिमो र कामरेड डेउडापतिले संयुक्त रूपमा सम्बोधन गरे । आज हुने पहिलो चरणको गाउँले सरकारको चुनाउमा माके सुप्रिमो र चारतारे डेउडापतिले चुनावी तालमेल गरेका छन् । त्यहि तालमेलका कारण दुबै दलका लाउकेहरूले संयुक्तरूपमा सम्बोधन गर्ने कार्यक्रम मिलाइएको हो । सम्बोधनका क्रममा कामरेड डेउडापतिले त यो तालमेलको सहकार्य दीर्घकालसम्म बलियो बनाउनु पर्छ भने । युद्धका बेला आफैले पाचास लाखको मूल्य तोकेका मिस्टर सुप्रिमोको टाउको अहिले आफ्नै टाउकामा एकाकार हुन आएपछि अब आपूmपनि कामरेड डेउडापति हुन पाएकोमा निकै प्रफुल्ल छन् । त्यसैले उनले मिस्टर सुप्रिमोको दलको चुनावी चिन्ह गोलघेरे हँसिया ठोक्केमा आफ्नो दलका रैतीहरूलाई मतदानको छाप धस्काइदिन आदेश गरे । त्यसैगरि मिस्टर सुप्रिमोले पनि आपूmहरू नयाँ परिबेसमा आएको र जनयुद्धलाई दस बर्स पहिला नै विधिवत बिसर्जन गरिसकेको हुनाले जनयुद्धकालको धङधङी सबै मेटाएर चारतारे दलको रुखमा मतदान धस्काउन आफ्ना रैतीहरूलाई सरकारको प्रम र दलको सुप्रिमोको संयुक्त हैसियतबाट कडा आदेश जारी गरे । अब आफ्नो दल र डेउडापतिको दलमा कुनै वैचारिक, राजनीतिक र एजेण्डागत भिन्नता नभएको हुनाले आफ्नो कम्युनिस्ट नामको दल र चारतारे दल एकै भएको भाषण थर्काए । हिजो आफ्नो टाउको काटन आदेश गर्नेले नै अहिले आपूmलाई त्यहि पदमा पु¥याएर अरूको टाउको काट्न आदेश गर्ने हैसियतमा बिराजमान गराएको हुनाले आपूm र कामरेड डेउडापति एउटै भएको भनाई राखे । सो अवसरमा उनले डेउडापतिलाई कामरेडको उपाधि पनि प्रदान गरे ।
एक्काइसौँ शताब्दीमा उन्नाइसौँ शताब्दीको माक्र्सवाद काम नलाग्ने भएकाले आपूmले उहिल्यै प्युठानी वैद्यलाई त्यागेर गोरखाली डाक्टरलाई समाएको खुलासा पनि त्यो सभामा व्यक्त गरे । डाक्टरको प्रचलन व्यापक रूपमा नभएका बेला वैद्य नै काम लाग्ने भएकाले पहिला आपूmले वैद्यलाई गुरु मानेको र पछि डाक्टर नै प्रभाकारी भएर उदाएपछि वैद्यलाई छोडेको बताए । पछिल्लो चरणमा गुरु मानेका डाक्टर पनि कम्युनिस्ट विचार त्यागेर जाति र क्षेत्रबादी दलसँग मिल्न गएकाले आपूmले पनि चारतारेसँग मिल्नु सोह«ै आना मुनासिव भएको ठहर गर्दै चारतारेसँग मिल्न गएको दलिल पेस गरे । चारतारेका जन्मदाता सान्दाजुले पनि माक्र्सवादलाई मान्ने भएकाले चारतारेमा पनि माक्र्सवादको गन्ध रहेकाले आफ्नो दल र चारतारे दलमा कुनै भिन्नता नभएको तर्क पेस गरे । अब उप्रान्त चारतारेसँग बैरभाव नराखेर एकाकार भएर चुनावमा होमिन आफ्ना रैतिहरूलाई निर्देशन गरे । दुबै दलका रैतीहरूले तरररर तालिको गडगडाहटबाट स्वागत गरे ।

यसैबीच चितवनको महानगरमा आफ्नी छोरी मेयरमा उठेकाले पनि काठमाण्डौ र पोखरामा चारतारेलाई छोड्नुपरेको भनाई राख्दै अरूले चितवनकी मेयर उमेद्वारलाई आफ्नी छोरी मात्र भनिदिएकोमा गहिरो दुःख मनाउ गरे । आफ्नी छोरी भएकै कारण चितवन महानगरमा मेयरको टिकेट नेदिएको बरू आफ्ना भाइ र सूर्य नाम गरेका सुवेदीका बीचमा जीवन मरणको लडाइँ परेको हुनाले उनीहरूलाई बचाउनकै लागि आफ्नी छोरीलाई चिट्टा परेको खुलासा गर्दै त्यसैअनुसार बुझेर मतदान गर्न सबैसँग आग्रह गरे । जीवनको उत्तराद्र्धमा गिरिजा बाबुले पनि विदेश पलायन भएकी छोरी सुजाता जोस्टलाई देशमा भित्र्याएर सुजाता कोइराला बनाएर राजनीतिमा होमेर उपप्रधान मन्त्रीसम्म बनाएको स्मरण गर्दै आपूmले पनि चण्डीगढमा गृहिणी बनेर गएकी पाठकलाई दाहाल बनाएर राजनीतिमा सक्रिए बनाएको घटना सुनाए । गिरिजा बाबुले आपूmलाई मर्नेवेला शान्तिकालको उत्तराधिकारी घोषणा गरेर गएको हुनाले उनको शिश्य हुनुको नाताले उनको बिँडो थाम्न पनि त्यसरी छोरीलाई अगाडि सार्न काठमाण्डौ, ललितपुर र पोखराबाटा आफ्ना कार्यकर्तालाई बलि चढाउनु परेकोमा आपूm भित्रभित्रै गदगद भएपनि बाहिर निकै दुखित हुनु परेको गुनासो व्यक्त गरे ।

अन्त्यमा पुराना गुरु कामरेड वैद्यलाई स्मरण गर्दै अन्जु पन्तको गीत गाए –

वैद्यले पराई ठाने पछि, पराई हुन के भयो र ?
उनको मेरो बिचको नाता भन्नु पनि के रह्यो र ?
आखिर पार्टी फुट्नु रैछ
यो मन चारतारेसँग मिल्नु रैछ ।
३१ बैशाख २०७४

kailubraha73@gmail.com

प्रतिक्रिया

सम्बन्धित खवर