

दिनेश शर्मा
१. विषय प्रवेशः
दश वर्षको जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन तथा आदीवासी जनजाति आन्दोलन र संविधान सभाको निर्वाचन पश्चात बनेको जनविरोधी संविधान तथा बैदेशिक दलाल राज्यसत्ताले यतिबेला स्थानीय तहको निर्वाचन दुई चरणमा गराउने घोषणा गरेको छ । त्यसमा पनि उनीहरु (वुर्जुवाहरु)ले भन्ने गरेको लोकतन्त्र भनेको कथित प्रजातान्त्रिक अभ्यासको उच्च रुप । यतिबेला त्यसैको खिल्ली उडाउदै कथित निर्वाचनको नाटक गरिरहेका छन् । यसैलाई एउटा जीवनमरणको सवाल बनाइरहेका छन् । आफूलाई प्रजातान्त्रिक शक्तिको मसिहा ठान्ने नेपाली कांग्रेस त छदैछ, कम्युनिष्टका नाममा विगतदेखि नै बुर्जुवा वर्गमा रुपान्तरित भएर प्रतिक्रियावादी वर्गमा पतन हँुदै गएको एमाले र तीव्र गतिमा बुर्जुवाकरण हँुदै गएको माओवादी केन्द्रदेखि प्रतिगामी विचार बोकेको राप्रपा हुँदै क्षेत्रीय स्तरका मेधशवादी दलहरुसम्म भारतीय विस्तारवादलगायत विदेशी साम्राज्यवादको इशारामा दलालतन्त्रलाई स्थानीय स्तरसम्म संस्थागत गर्न कथित स्थानीय निर्वाचनको नाटक गरिरहेका छन् ।




कहिले सामन्तवादी सत्ताको नेतृत्वमा त कहिले संसदीय लोकतन्त्रको नेतृत्वमा दलालीको बाटोबाट लामो अभ्यास गर्दै आएका कारण अशिक्षित चेतनाको स्तर कमजोर भएका हाम्रो जस्तो पिछडिएका देशका जनता आफूमा कुहिरोका काग सावित भएका छन् । कुन विचार सहि हो, कुन पार्टीले वास्तवमा आमुल परिवर्तनको विचार बोकेको छ र कुन–कुन पार्टीहरु वास्तवमा नै विदेशी दलालका रुपमा मात्र आफ्ना गतिविधि गरिराखेका छन् भन्ने कुरा मसिनो तवरबाट छुट्याउन तिर होइन बरु कसले सामदाम दण्ड भेदका आधारमा अत्यन्तै झड्किलो र तामझामका साथ आफ्ना गतिविधि संचालन गरी राखेका छन् । त्यसैलाई सही सावित भएको ठान्ने र पछि लाग्ने प्रवृत्ति आजको २१ औं शताब्दीमा आईपुग्दा समेत हटाउन सकेका छैनौं । अशिक्षित मात्र पनि होइन, कथित बुर्जुवा डिग्री हासिल गरेका एकाध व्यक्तिहरु झनै आफ्नो निहित र तुच्छ व्यक्तिगत स्वार्थपूर्तिका खातिर दलाल पार्टीहरुको पनि दलाली गर्ने प्रवृत्ति बढेको प्रष्ट नै देख्न सकिन्छ । यो अत्यन्तै विडम्बना र टीठ लाग्दो अवस्था हो ।
यसको अर्को पाटो पनि छ, देशका सचेत व्यक्तिहरुको अर्को हिस्सा । संख्यात्मक तवरबाट थोरै तर विचार, राजनीति, जनता र राष्ट्रप्रतिको प्रतिवद्धता, साहस र उच्च मनोवलको उच्चताका साथ आफ्ना धारणाहरु स्पष्ट रुपमा राख्दै आएका पनि छन् । राणा शासनका विरुद्ध लड्ने क्रममा शासक वर्गले आफ्नो शासन लम्ब्याउन परिवर्तनका पक्षधरहरुको विचारलाई समाप्त बनाउन छातीमा गोली हानियो, रुखमा झण्ड्याइयो तर स्वाभिमानीहरुले आफ्नो शिर झुकाएनन् । पंचायत कालमा सामन्तवादी सत्ताको रक्षार्थ उही तरिका अपनाइयो तर पनि स्वाभिमानीहरु झुकेनन् । संसदीय व्यवस्था कालमा त १५ औं हजार वीरयोद्धाहरुले आफ्नो जीवनको बलिदान दिए । हजारौंको संख्यामा बेपत्ता र घाइते भए तर पनि सत्ताका अगाडि झुकेनन् । यो साँचो अर्थमा वीर नेपालीको पहिचान बन्न पुग्यो । एउटा क्रान्तिकारी इतिहासको बिजारोपन भएको छ । यसलाई मेटाउन प्रतिक्रियावादी वर्तमान होइन, हिजो क्रान्तिको नेतृत्व गरेका एकाध नेताहरु पनि टुप्पीदेखि नै पैतालासम्मको बल लगाई रहेका छन् तर यो इतिहासलाई मेटाउने उनीहरुको तागत छैन । अहिलेको वर्तमान स्थानीय निर्वाचनमा जुन स्थिति र अवस्था देखिएको छ, त्यो पनि क्रान्तिकारी इतिहासलाई समाप्त बनाउने उनीहरुको एउटा कसरत हो । क्रान्तिकारीहरुको अगाडि केही प्रश्नहरु खडा भएको थियो, ति प्रश्नहरु मध्ये नेकपा (क्रान्तिकारी माओवादी)ले आफू निकट मोर्चा मार्फत् उपयोग गर्ने नीति अवलम्ब गर्ने निर्णय ग¥यो । पार्टीको यहि तात्कालिन कार्यनीति अनुरुप पहिलो फेजको स्थानीय निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट केही स्थानहरुमा स्वतन्त्र उम्मेद्वारका रुपमा निर्वाचनमा सहभागी भएका छन् ।
२. निर्वाचनसम्बन्धी बुझाई
मानिसहरुमा निर्वाचनसम्बन्धी बुझाईका बारेमा फरक–फरक प्रकारका धारणाहरु प्रस्तुत हुने गर्दछन् । समग्रतामा भन्दा अंश–अंशको व्याख्या गर्ने र त्यसैलाई समग्र मानेर बुझ्ने समस्याहरु छन् । विचार, ईमान्दारिताभन्दा तात्कालिन फाईदा–बेफाईदा, तडक–भडक र हुलहुज्जतलाई देखेर बढी प्रभावित हुने अनि गलत परिणाम आएपछि पछुताउने हाम्रो प्रचलन छ । त्यो सही होइन । जसले गर्दा इमान्दार जनताहरुलाई वुर्जुवा पार्टीहरु, यथास्थितिवादी पार्टीहरु, यथास्थितिवादी पार्टीहरु तथा प्रतिगामी पार्टीहरु र त्यसका नेताहरुले आजसम्म ठग्दै आएका छन् । अझै पनि यस निर्वाचनमा ठग्ने सम्भावना प्रवल छ र यो जनतामा रहेको न्युन चेतना, गरिबी र भ्रमको उपज हो । सामान्य जनतामा मात्र होइन, क्रान्तिकारी पार्टीभित्रका कतिमय नेता कार्यकर्तामा समेत कयौं अन्योलता र भ्रमहरु भएको म पाउँछु । यसलाई हल गर्न मात्र घनिभूत वर्ग संघर्षको आवश्यकता पर्दछ या त मालेमावादप्रतिको बुझाईको स्पष्टताको आवश्यकता पर्दछ । यसरी हेर्दा यतिबेलाको संघीय लोकतान्त्रिक गणतन्त्र भनेको कस्तो व्याख्या हो ? यसले कुन वर्गको सेवा गर्दछ ? भन्ने कुरा बुझ्न आवश्यक छ ।
यो व्याख्या संघीय लोकतान्त्रिक गणतन्त्र मात्र नभएर संघीय लोकतान्त्रिक संसदीय गणतन्त्र हो । त्यसैले यो एक प्रकारको वुर्जुवा गणतन्त्र नै हो । यसले सर्वहारा वर्गको सेवा नगरेर वुर्जुवा वर्गकै सेवा गर्दछ । तसर्थ यो संविधान पनि जन संविधान नभएर जनविरोधी संविधान हो । एक प्रकारको वुर्जुवा संविधान नै हो । त्यसैले अहिले हुन गैरहेको स्थानीय निर्वाचन त्यसैलाई संस्थागत गर्न गरिएको निर्वाचन नै हो । निर्वाचनसम्बन्धी खासगरी चारवटा तरिकाहरु हुन्छन् ः (१) रणनितिक रुपमा भाग लिने (२) रणनितिक रुपमा बहिष्कार गर्ने (३) कार्यनीतिक रुपमा कहिले बहिष्कार कहिले उपयोग गर्ने (४) कार्यनीतिक रुपमा नै हो तर घुसपैठ गर्ने ।
त्यसैले यतिबेला क्रान्तिकारीहरुले लिएको स्थानीय निर्वाचनको उपयोगको नीति बस्तुवादी छ । सही र क्रान्तिकारी विचारमा आधारित छ । यसका लक्षहरु पनि छन् । (१) निर्वाचन उपयोगको माध्यमबाट जनविरोधी संविधान तथा दलाल राज्यसत्ता तथा दलाल पार्टीहरु खासगरी नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा जस्ताको भण्डाफोर गर्ने । (२) हाम्रो पार्टीको नीति अथवा देश र जनताको पक्षमा हामीले गर्ने काम राष्ट्रियता, जनतन्त्र, जनअधिकारको विषयहरुलाई जनतामा वीचमा पु¥याउने । (३) उक्त लक्ष पुरा गर्न एक पटक क्रान्तिको जरुरत छ, विद्रोहको जरुरत छ र त्यसका निमित्त शक्तिको जरुरत छ, त्यसैले जनताको मन जित्ने र उनीहरुलाई संगठित गर्ने । (४) सैद्धान्तिक, राजनीतिक, सांगठनिक विषयका साथ साथै क्रान्तिकारीहरुलाई विजय गराएर वास्तवमा जनताको सेवागर्ने वातावरण बनाउने । वुर्जुवा वर्गका उम्मेद्वार, यथास्थितिका पक्षधर उम्मेदवार र क्रान्तिकारी विचारका पक्षधर उम्मेदवारका विचमा हामीले भेद छुट्याउन सक्नु पर्दछ । जनतालाई अहिले नै स्पष्ट बनाएर भोट हात पार्न सकेनौ भने पनि हामी सदासर्वदा जनताको सेवामा रहने छौ भन्ने कुरा प्रतिबद्धतामार्फत् जाहेर गर्नु पर्दछ र आगामी दिनमा सक्रियतापूर्वक जनताको सेवामा लागेर व्यवहारमा पुष्टी गरेर देखाउन सक्नु पर्दछ ।
क्रान्तिकारीहरुले जीत र हारलाई केवल भोटको कम वा बेशिलाई मात्र आधार बनाउनु हँुदैन । भोटको कम वा वेशीको पनि महत्व त छ तर मुख्य विषय भनेको प्रतिक्रियावादी वर्गको राज्यसत्ताले गरेका गलत क्रियाकलापको भण्डाफोर तथा हाम्रो पार्टीको, नीति, योजना र कार्यक्रमलाई जनताका विचमा कति सम्प्रेषण गर्न सकेमा त्यो नै हाम्रो मुख्य सफलता हो । जनतालाई कति प्रशिक्षित गर्न सक्यौ र संगठित गर्न सक्यौं, त्यो दोस्रो सफलता हो । यो नै यतिबेलाको निर्वाचनको उपयोगसम्बन्धी सही बुझाई हो ।
३. निर्वाचन चिन्हसम्बन्धी बुझाई
एउटै चुनाव चिन्ह भएको भए सजिलो हुने थियो । हुन पनि पथ्र्यो । मोर्चा दर्ता गर्नमा ढिलाई भएर वा मोर्चाको तर्फबाट समयमा पहल नभएर हामीले एउटै चुनाव चिन्ह नपाएका होइनौं । यो भ्रमबाट सबै मुक्त हुन पर्दछ । निर्वाचन चिन्ह नपाउनुमा एमाले, कांग्रेस र माओवादी केन्द्रका नेताहरुको दिमागमा जम्मा भएको प्रदर्शनको कारण ले हो । देशलाई उभो गतितिर होइन, उधो गतितिर धकेल्न चाहने चिन्तनको उपज हो । बरु बुर्जुवाहरुले जनतालाई भ्रम दिनका निमित्त भन्दै आएका र हामीले सुन्दै आएको विषय भनेको प्रजातन्त्रको उच्च अभ्यास भनेको लोकतन्त्र हो रे । त्यसमा दश वर्षको जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन पश्चात अझ संविधान सभाद्वारा बनेको संविधान र त्यसैका आधारमा प्राप्त लोकतान्त्रिक गणतन्त्र । जहाँ संसदमा उपस्थित २७ दलभन्दा बाहिर रहेका ७५ वटै जिल्लामा आफ्नो संगठन भएका पार्टीहरुलाई निर्वाचनमा भाग लिन वा उपयोग तयार भएर निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरुलाई चुनाव चिन्ह दिनबाट प्रतिबन्ध लगाउनु भनेको उनीहरुले भन्ने गरेको प्रजातन्त्रको खिल्ली उडाउनु होइन ? यो पनि एउटा बुर्जुवाहरुले भन्ने एउटा र गर्ने अर्को विचको नाङ्गो उदाहरण होइन ?
त्यसैले यसलाई पनि भण्डाफोरको एउटा उदाहरण रुपमा प्रस्तुत गर्न सक्छौं । निर्वाचन चिन्ह फरक–फरक हँुदा र अन्तिम अवस्थामा आएर मात्र प्रचार गर्न पाउने हुँदा कठीनाइ त भएको छ तर यिनीहरुको भण्डाफोरका निमित्त ताजा उदाहरण प्रस्तुत गर्न त्यति नै मसला मिलेको छ भन्ने बुझ्नु पर्दछ । एउटै चिन्हका आधारमा क्रान्तिकारी शक्तिले भोट धेरै ल्याउँछ भन्ने आतंकित मानसिकताले पनि त्यसमा काम गरेको छ भन्न सकिन्छ । निर्वाचन चिन्ह, झुठा आश्वासन, आर्थिक प्रलोभन र गुण्डागर्दीलाई आधार बनाएर क्रान्तिकारीहरुले बुर्जुवाहरुसँग प्रतिस्पर्धा सोच्ने होइन । क्रान्तिकारीहरुले त माओले भने झै तिमी तिम्रो हतियार लिएर लड हामी हाम्रो हतियार लिएर लडछौं भन्ने झैं क्रान्तिकारी विचारका आधारमा लड्ने हो । विचारले हामी बलिया छौं, अहिले पनि हामी एक नम्बरमा नै छौ भन्ने बुझ्न आवश्यक छ ।
४.आर्थिक कठीनाई
बुर्जुवा सत्ता वा व्यवस्थामा हुने असमानता नै आर्थिक असमानता हो । आखिरी सर्वहारा वर्ग र पूँजीपति वर्गका विचको लडाई नै त्यसैमा छ । हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी), पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा वा अन्य जबस, मोर्चाहरु वास्तविक अर्थमा सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टी, संघ संगठनहरु हुन् । दश वर्षको जनयुद्ध र दशवर्षको शान्ति प्रक्रियाका क्रममा माक्र्सवादी द्वन्द्वात्मक नियम मुताविक केही राम्रा केही नराम्रा घटना परिघटन देखि केही राम्रा व्यक्तिहरु र केही नराम्रा व्यक्तिहरुको चलखेल पनि भयो । केही व्यक्तिहरुको सोच, विचार, आनि, वानी, कार्यशैली र आर्थिक अपचलनका नकारात्मक प्रवृत्तिका कारण जनतामा नराम्रो प्रभाव पर्न पनि गयो । दुई, तीन पटकको फुट र विभाजनले केही नकारात्मक प्रभाव छाडेपनि पार्टीका कभरमा आर्थिक चलखेल गर्न सिपालु व्यक्तिहरु यतिबेला क्रान्तिकारी पार्टीबाट बाहिरिएका छन् । यो सकारात्मक पक्ष हो । यसमा हामी सबै सर्वहारा वर्गका प्रतिनिधिले गर्व गर्नु पर्दछ ।
त्यसैले इमान्दार आर्थिक रुपमा कमाजोरहरुको जमघट यस पार्टीमा छन् भन्दा अतिशयोेक्ति हुँदैन । तर स्थानीय निर्वाचनमा देजमोका तर्फबाट उठेका व्यक्तिहरु समेत सर्वहारा वर्गकै प्रतिनिधि हुदा निर्वाचन परिचालनमा साच्चिकै आर्थिक संकट परेकै छ । एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा जस्ता सत्तामा रहेका पार्टी र आर्थिक आधार निकै माथि भएका उम्मेदवारहरुको खर्च गराई र तडकभडकले सर्वहारा वर्गका वास्तविक प्रतिनिधिलाई आर्थिक रुपमा निकै कमजोर भएको महशुस भएको जस्तो मान हुदै गरेको स्पष्ट रुपमा देख्न सकिन्छ । आर्थिक रुपमा कमजोर भयौं भनेर पश्चाताप होइन गर्भका साथ आम जनतालाई भन्नु सक्नु पर्दछ वास्तवमा हामी गरिव, दुःखी, समाजमा हेपीएका शोषित,उत्पीडित जनताका वास्तविक प्रतिनिधि हो भनेर । हाम्रा जीवन व्यवहार र आर्थिक आधार हेरेर पनि जनताले मुल्यांकन गर्ने छन् । अन्ततः गर्नु पर्दछ ।
५.अन्तमा
सर्वहारा वर्गको पार्टीका अगाडी कुनै पनि तम्तयार वस्तुहरु हँुदैनन् । किन कि, हामीले ल्याउने समाज भनेको दार्शनिक, राजनीतिक, सांगठानिक साँस्कृतिक र सामाजिक रुपमा नै नितान्त फरक प्रकारको समाज हो । जो विद्यमान समान्तवादी तथा पुँजीवादी समाज भन्दा फरक छ । त्यसैले वलपुर्वक स्थापित गरिएको पूँजीवादी राज्य सत्तालाई बलपूर्वक नै ध्वस्त बनाउन आवश्यक छ । यतिबेलाको स्थानीय निर्वाचन उपयोग गर्नुको अर्थ भनेको वर्तमान जनविरोधी संविधानलाई स्वीकार गरेर होइन । बरु, यसलाई भत्काउन जनताको संविधान बनाउने जनआधार तयार पार्न वर्तमान दलालहरुको राज्य सत्तालाई बलियो बनाउन होइन बरु दलालहरुको सत्तालाई ध्वस्त बनाएर संघीय जनगणतन्त्रात्मक सत्ता निर्माणका लागि विद्रोहका निमित्त आधार तयार पार्न आम जनतालाई स्पष्ट पार्न जनसंगठन निर्माण गर्नु हो । साथै, जनताबाट निर्वाचित भए पनि नभए पनि जनताको सेवा गर्न जनतामा प्रतिबद्धता जाहेर गर्नु हो । विविध प्रकारका कठीनाईलाई पन्छाउदै सक्रियतापूर्वक जनताको सेवामा समर्पित भएर अगाडि बढ्नु नै सबै क्रान्तिकारीहरुको दायित्व हो । वर्तमान स्थानीय निर्वाचनलाई यसै रुपमा ग्रहण गर्नु नै अहिलेको आवश्यकता हो ।