
नेपालको वर्तमान अवस्थाको संसदीय व्यवस्थाको मेरुदण्ड–नेपालको संविधान २०७२ लाई कार्यान्वयन गर्ने उद्देश्यका साथ नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वमा दिल्लीको पनि आशिरवाद प्राप्त नेपाली कांग्रेसको खासगरी शेरबहादुर देउवाको सरकारले यहि २०७४ बैशाख ३१ गते पहिलो चरणका लागि स्थानीय निर्बाचन गर्दै छ । यो निर्वाचनले नेपालको राजनीतिक इतिहासमा अत्यन्तै महत्व राख्दछ किनभने नेपाली जनताले करिब २० वर्षपछि स्थानीय स्तरमा आ–आफ्ना प्रतिनिधि निर्वाचित गर्ने एउटा अवसर पाएका छन् । यसरी यस्तो आवधिक निर्वाचनद्धारा नेपालको सिंहदरबारमा रहेको विकास तथा अन्य सामाजिक, आर्थिक तथा राजनीतिक अधिकारलाई आ–आफ्नो गाउ‘ टोलमै संवैधानिक रुपले नै स्थापित गर्न पाउनु अत्यन्तै सुनौलो अवसर हो । फेरी यो स्थानीय निर्वाचनद्वारा गरिने प्रतिनिधि छनोट नेपालका विगतमा निर्वाचित गरिएका स्थानीय संस्था(गाविस र नपा)भन्दा कैयौ गुणा अधिकार सम्पन्न र स्वतन्त्र छन् । फेरी यसको महत्व यस अर्थमा पनि छ कि यसले नेपालभित्रको लामो सक्रमणकालको अन्त्य गरी देशमा एउटा दृघकालिन स्थायित्वको परिकल्पना पनि गरेको छ ।
यसरी रुपमा यो निर्वाचनको माथि उल्लेखित अनेकौ सकारात्मक पक्षहरु हु‘दाहु‘दै पनि सारमा यसको मूल आधार भनेको यो संसदीय प्रजातन्त्रलाई सुदृढ गर्न ल्याइएको नेपालको संविधान २०७२ अन्तर्गतको निर्वाचन हो । अहिले उम्मेदवारी दिने क्रममा नै संसदीय प्रजातन्त्रअन्तर्गतको निर्वाचन कस्तो हु‘दोरहेछ भन्ने नेपालका २०, २२ वर्ष उमेरका लाखौ युवाहरुलाई अहिलेको स्थानीय निर्वाचनले स्पष्टै देखाइदिएको छ । जनयुद्धको नेतृत्व गरेर स्वयम् त्यसैबाट त्रसित प्रचण्ड र बाबुरामहरु र जनयुद्धका कैयौ उपलब्धीहरुलाई मूल्यहिन प्रमाणित गर्न न्वारनदेखिको बल लगाइरहेका एमाले अध्यक्ष केपी ओली मात्रै नभई जनयुद्धलाई दवाउन जनयुद्ध सञ्चालन गरेका माओवादीका नेता तथा कार्यकर्ताहरुको टाउकोको मूल्य तोक्ने वर्तमान सरकारका हस्ति शेरबहादुर देउवाहरु र तत्कालिन राजतन्त्रको वर्तमानमा दलीय प्रतिनिधित्व गर्न अगाडि आएको राप्रपाआदि बीचको चुनावी तालमेल देख्दा त नेपालको राजनीतिमा यति छोटो समयमा नै यो संसदीय व्यवस्थाले राजनीतिक दलहरुको आ–आफ्नो हैसियत …“सिद्धान्त”भन्दा सरकार र सत्ता माथि भन्ने कुराको वास्तविकता प्रमाणित गरेको छ । हुनत “सिद्धान्त”भन्दा सरकार र सत्ता माथि भन्ने कुराको वास्तविकता त विगतमा सरकार बनाउ‘दा र भत्काउ‘दा गरिएका गठबन्धनहरुले नै देखाएका थिए । तर यो चुनावले त यसलाई अझ छर्लङ्ग पारिदिएको छ । जनयुद्धको नेतृत्व गरेर स्वयम् त्यसैबाट त्रसित प्रचण्ड र उनको दल– नेकपा (माओवादी केन्द्र)का लागि हर हथकण्डा प्रयोग गरेर चुनावले तहसनहस पार्न थालेको उसको हैसियत जसरी पनि बचाउनु छ । यस निम्ति उसले नेपाली कांग्रेससित चुनावी तालमेल मात्रै गरेको छैन्, एमाले र राप्रपासित पनि विभिन्न स्थानमा चुनावी तालमेल गरेर भावी सरकार र सत्ताको रसस्वादन गरिरहन चाहन्छ । केही ठाउ‘मा त कांग्रेस, एमाले र माओवादी तिनै पार्टी मिलि निर्विरोध निर्वाचनको घोषणा गरि एकताको विजय जुलुस स्मेत निकालेको पनि देखिएको छ । भने कुनै जिल्लामा त वाम तालेमेलको नाउ‘मा एमालेको चुनाव चिन्हमा आफ्ना कार्यकर्ताका लागि भोटमाग्दै हिंडने राजमोको नगरपालिका उमेदवार पनि भेट्टाइयो । सिद्धान्तका् मामलामा कसैसित समझौता नगर्ने उद्घोष गरेर जिन्दगी विताएका र “जबज”का कट्टर आलोचक मोहविक्रम स्वयम् पनि “सिद्धान्त”भन्दा सरकार र सत्ता माथि भन्ने कुराको वास्तविकता प्रमाणित गरेर देखाइदिन वाध्य भएका छन् ।
यसरी नेपालको राजनीतिमा यो निर्वाचनले नेपालको विभिन्न आन्दोलनमा सहीद भएकाहरुका लक्ष्य र उद्येश्य विरुद्ध नेपालको दशवर्से जनयुद्ध र जनआन्दोलनहरुमा सहीद हुनबाट बचेका टाठा बाठाहरुले अहिले आएर देश र दुनियॉलाई अचम्मै पार्ने गरि आ–आफ्ना मन मिलाएका छन् । जनयुद्धको दौरानमा टाउकाको मूल्य तोक्ने र टाउको लुकाउन सफल भएकाहरुको मन मिलेको छ । जबज गिता पाठगर्ने र नागार्जुनको चाकरी गर्नेहरुको मन मिलेको छ । नेपालको संयुक्त जनआन्दोलमा कांग्रेस र वाम तालमेलभन्दा पुष्पलाललाई गद्दार देख्ने र सिद्धान्तभन्दा अलग केही छैन् र जबजका कट्टर आलोचकले त मन मात्रै मिलाएनन्, उसैको चुनाव चिन्हमा भोट माग्दै सरकार र सत्ता माथि आफ्नो उपस्थिति देखाउन ठिक ठानेका छन् । उठेपछि जे जसरी पनि चुनाव जित्नै पर्ने सपना देखेका तत्तत्दलका उमेदवारहरु त झन अङकमाल नै गर्दै छन् । तर ती पार्टीका स्थानीय कार्यकर्ताको मन अझै मिल्न सकेको देखिएको भने छैन् । यद्धपि उनीहरुमाथि पार्टीको अनुशासनको डण्डा बर्सिन थालेका छन् । गाइलाई भोटहाल्न ओलीको डण्डा, रुखमा भोट हाल्न प्रचण्डरुपी आदेश, जबजको चुनावचिन्ह सूर्य चिन्हमा आफ्नो पार्टीका कार्यकर्ताका लागि भोट माग्नेआदि सबैको आखिर बात त कूर्सी नै रहे छ भन्ने स्पष्ट भएको छ । रुखले हसियॉ हथौडालाई भोट माग्ने, हसियॉ हथौडाले रुखलाई । सूर्यले गाईलाई र गाइले सूर्यलाई । सूर्यले गिलासलाई आफ्नै सूर्य चिन्ह दिएर समर्थन । यी सब नौटङकी आखिर के का लागि ? नेपालको संविधान २०७२लाई कार्यान्वयन गर्ने उद्येश्य प्राप्तीका लागि जो क्रान्तिकारीहरुका लागि नेपालको वर्तमान अवस्थाको संसदीय व्यवस्थाको एउटा मेरुदण्ड हो ।
के यी सबै संयोगको कुरा मात्रै हुन त ? माओवादीभित्रका केही नेताहरु जसमा अझै क्रान्तिप्रतिको मोह छ, उनीहरु प्रचण्डलाई खुशी बनाइराख्न आफ्ना कार्यकर्तालाई यहि भन्ने गर्दछन् । तर द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणमा यो कुनै संयोगवस भए गरिएको नभई वर्तमान विश्व साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा प्रतिक्रियावाद र अवसरवादका बीचमा हुने “सुमधुर” सम्वन्धको एक अति आवश्यक कडी हो । र नेपालमा अहिले हुन गइरहेको यो नीर्वाचनमा भएको प्रतिक्रियावाद र अवसरवादका बीचकोे “सुमधुर” सम्वन्ध हो । नीर्वाचनमा भएको प्रतिक्रियावाद र अवसरवादका बीचकोे “सुमधुर” सम्वन्धबाट बॉकी क्रान्तिकारीले के शिक्षा लिनु आवश्यक छ भने क्रान्तिको सफलताका निम्ति वर्गदुश्मनका विरुद्ध मात्रै होइन्, त्योसित घॉटी जोड्ने अवसरवादका विरुद्ध पनि भीषण लडॉई लडनु पर्दछ । क्रान्तिलाई धोका दिएर चुनावीबाटोबाट सत्तामा पुग्ने आशामा रहेका प्रचण्ड र बाबुरामहरुका लागि यो चुनावले गतिलो झापड दिने स्पष्ट छ । क्रान्तिकारीहरु त स्पष्ट छन् कि जनताको भलो संसदीय व्यवस्था र यस अन्तर्गत गरिने कुनै पनि चुनावबाट हुन सक्दैन् । क्रान्तिकारीका लागि त्यस्ता चुनावको उपयोग वा बहिष्कार दुवै क्रान्तिको हितमा गरिन्छन् नकि अवसरवादी र प्रतिक्रियावादीहरुले भने जस्तै चुनाव नै सबथोक हो, जित नै सबथोक हो भन्ने रणनीतिलाई अवलम्वन गरेर । के चाही स्पष्ट हो भने यो नीर्वाचनले नेपालभित्र र बाहिरका सबै प्रतिक्रियावादीहरु र अवसरवादीहरुको घांटी जोडिदिएको छ । क्रान्तिकारीहरु र अवसरवादीहरुबीचको राजनीतिक ध्रुवीकरणलाई तेज पारेको छ ।