छालामा पोषण तत्व कमी भए विभिन्न डण्डिफोर र खटिरा देखा पर्छन् । त्यसकारण छाला र पोषणको निकै सम्बन्ध हुन्छ । बिषजन्य प्रोटिनको मात्रा रगतमा बढि भएमा धेरै समस्या हुन्छन् । यस्तो प्रोटिनको संलग्नता समुद्री माछा, मासु अण्डा र स्टोबेरीमा हुन्छ । छाला धेरै पोषण तत्वको कमी अथवा बढिको पहिलो सूचक पनि हो । जस्तै भिटामीन ’ए’ को कमीले गर्दा कपाल र छालामा समस्या देखा पर्न सक्छन् । भिटामिन ‘बी’ को कमीले मुखमा खटिरा र घाउ आउन सक्छ ।

भिटामिन ‘सी’ को कमीले स्करभी र घाउ निको नहुन सक्छ भने भिटामिन ‘डी’ को कमीले छालाको टिबीलाई सहयोग र्पुयाउँछ । क्याल्सियमको मात्रा धेरै भए पिम्पल र खटिरासँग हुन्छ भने म्यागनिसियमको मात्रा थोरै भए मुसा र अन्य खटिरा देखा पर्छन् ।

यस्ता समस्या भए धेरै तरकारी खानुपर्छ ।

डण्डिफोरबाट बिशेष गरी (१४–२१) वर्षसम्मका युवायुवती पीडित हुन्छन् । उनीहरूले गर्ने खानपान जस्तै, धेरै तेलजन्य पदार्थ, पिरोजन्य खाना, जंक खाना (चाउचाउ, बर्गर आदि)ले उनीहरूको अनुहार बिगारिदिने गर्छ । अनुहार डण्डिफोर आउन नदिन धेरै सागसब्जी, फलफूल, दालजन्य र थोरै चिल्लो पदार्थ सेवन गर्नुपर्छ । भिटामिनको मात्रा बढाउन लौका, हरियो सागपात, फर्सी, स्याउ, अम्बा, सुन्तला, अनारको नियमित सेवन गुर्नपर्छ । यस्ता खानेकुरा खाए अन्य रोगबाट पनि बच्न सकिन्छ ।

बढी कोष उत्पादन अथवा शरीरमा नचाहिएको कोष बन्नु नै क्यान्सर हो । क्यान्सर चिकित्साशास्त्रको प्रमुख चुनौती बन्दै आएको छ । क्यान्सरका कारण विभिन्न छन् । अनुसन्धानले खानाबाट क्यान्सर रोकथाम अथवा न्यूनीकरण गर्न सकिने देखाएको छ ।

रक्सी, चुरोट सेवन तथा सूर्तीजन्य वस्तुको सेवनबाट मुख, फोक्सो, घाँटीमा क्यान्सर लाग्छ । धेरै मात्रामा चिल्लो पदार्थको सेवनबाट स्तन र पेटको क्यान्सर हुने सम्भावना बढि हुन्छ साथै धेरै मासु खानाले आन्द्राको क्यान्सर हुने सम्भावना हुन्छ ।

क्यान्सर एक दीर्घ रोग भएकोले विभिन्न उपचार पद्धति जस्तै केमोथेरापी, रेडियोथेरापी र सर्जरी लागू गरिन्छ । यस पद्धतिको उपचारबाट रोगीमा शारीरिक पोषण तत्व कमी हुन जान्छ र रोगीलाई निकै असर पार्छ । त्यसकारण खाना मिलाएर खान सके, पोषण तत्वको समन्वय गर्न सकिन्छ र रोगबाट लड्ने शक्ति निर्माण गर्न सकिन्छ ।

क्यान्सर रोगीलाई सचेतपूर्वक पोषणको सल्लाहको खाँचो हुन्छ । क्यान्सरले शारीरिक कोषबाट निकै पोषण तत्व घटाउने भएकोले रोगीमा मानसिक, पाचन क्रियामा र अन्य शारीरिक समस्या देखा पर्न सक्छन् । त्यसैले खानेकुराको सन्तुलन मिलाउन सके बिरामीलाई हानीबाट बचाउन सकिन्छ ।

क्यान्सरपीडितले दिनमा प्रोटिनजन्य वस्तु जस्तै मासु, माछा, अण्डा, दूध र दाल ५० ग्राम भन्दा माथि खानुपर्छ । बिरामीले फलफूल र तरकारीको मात्रा उचित मात्रामा सेवन गर्नुपर्छ । खानाले संक्रमण समस्या आउने भएकोले धेरै दुध, दही सेवन नगर्दा उचित हुन्छ ।

क्यान्सरपीडितले उपचार पद्धतिबाट विभिन्न समस्या झेल्न सक्छन् । त्यसैले खानामा ध्यान दिनसके राम्रो हुन्छ । रिंगाटा लागे र वान्ता आए थोरै खाना धेरै पटक सेवन गर्नुपर्छ । खानामा फलफूल सलाद तथा जुस खाना खानुभन्दा १ घण्टाअगाडि खानु बेश हुन्छ । बिरामीलाई भोक नलागेको अवस्थामा अथवा नरुचेको अवस्थामा धेरै पोषण तत्व मिलाएर सेवन गर्नुपर्छ । यस्तो अवस्थामा धेरै प्रोटिनको मात्रा र धेरै क्यालोरी पाइने वस्तुको सेवन गर्नुपर्छ ।

मुख र घाँटी दुखेमा हलुका र सादा खाना खानुपर्छ र मसलादार खाना बार्नुपर्छ । निल्न समस्या भए झोलजन्य वस्तु साथै तेल र ध्यूको मिश्रण भएको खाना र सानो टुक्रामा भएको खाना सेवन गर्नुपर्छ ।

भोक नलागेको अवस्थामा बिस्तारै खाना खाने, पानीको मात्रा खाना खानु भन्दा आधा घण्टाअगाडि नखाने र मुख सुख्खा भए झोलजन्य वस्तुको मात्रा बढाउने र तरकारी गेभ्री बनाएर सेवन गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर