काठमाडौं । आशाकाजी महर्जनको अध्यक्षता र बद्रिहरि नेपालको संचालनमा सम्पन्न क्रान्तिकारी युवाहरुको टोखा नगरको भेलाले नेकपा (क्रान्तिकारी माओवादी) को सहायक संगठन क्रान्तिकारी युवा लिगÞ, नेपाल टोखा नगर कमिटिको गठन गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कमरेड बद्रि बजगाईंको प्रमुख आतिथ्यता र पार्टीका केन्द्रिय सल्लाहकार तथा देजमो, नेपालका केन्द्रीय सदस्य खगेन्द्र छन्त्यालको आतिथ्यतामा सम्पन्न भेलाले आशाकाजी महर्जनको संयोजकत्वमा ११ सदस्यीय टोखा नगर कमिटि गठन गरेको गरेको छ । जसमा सह–संयोजक यमन कार्की, सचिव मनिराज डंगोल सदस्यहरुमा क्रमश सुनिल डंगोल, ईन्द्र्मान सिर्पाली, बद्रिहरि नेपाल, अंगु छिरिङ्ग शेर्पा, श्रीषा कार्की, कुशुम राई, रामशरण दुलाल र छेकी शेर्पा रहेका छन् । भेलामा पार्टीका टोखा नगर ईन्चार्ज कपिल पुन र संयोजक केशर प्रधान लगायत स्थानीय पार्टी तथा देजमो,नेपालका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।