काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को परीक्षा असार १ गतेबाट हुने भएको छ ।
सरकारले जेठ ३१ गते दोस्रो चरणको चुनाव गर्ने घोषणा गरेपछि असार ९ देखि परीक्षा सञ्चालन गर्न लागेपनि पुनः असार १४ गते निर्वाचन हुनेगरी मिति तोकिएपछि ११ को परीक्षा अगाडि सारिएको हो ।
राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय छ ।
स्थानीय तह निर्वाचनका कारण पटक–पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो ।