काठमाडौं । सोलखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटनामा पर्दा गम्भीर घाइते भएका विमानका चालक पारस राईको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी चालक दलका दुई सदस्य पनि गम्भीरु घाइते भएका छन् ।
काठमाडौंबाट उठेको गोमा एयरको कार्गो विमान अवतरणका क्रममा धावनमार्गबाट केही तल खसेको र अगाडिको भागमा क्षति पुगेकाका कारण चालक राईको उद्दारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।
उद्दार लगतै काठमाडौं ल्याउन हेलिकोप्टर पठाइएको भएपनि मौसम खराब भएका कारण सम्भव भएन । उनको लुक्ला अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
सहचालक श्रीजन मानन्धर र परिचारिका प्रज्ञा महर्जनको उपचार भइरहेको छ । खराब मौसमका कारण उनीहरुलाई थप उपचारको लागि काठमाडौं ल्याउन सकिएको छैन ।
मौसममा सुधार आउनासाथ उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइने विमानस्थलका अधिकारीहरुले बताएका छन् ।