एजेन्सी । दुवई पुलिसले पहिलो पटक रोबोट प्रहरी अधिकारीलाई कार्यक्षेत्रमा खटाएको छ । तत्कालका लागि यी रोबोट प्रहरी अधिकारीलाई सपिङ मल र पर्यटकीय स्थलको गस्तीमा लगाइएको छ ।
सर्वसाधरणहरुले यो राबोटको माध्यमबाट अपराधको सूचना दिन सक्नेछन् । यो राबोटको प्रयोग जरिवाना तिर्नका लागि पनि प्रयोग गर्न सकिन्छ । यसको छातीमा लगाइएको टचस्क्रिनबाट सूचना हासिल पनि गर्न सकिन्छ ।
यो रोबोटले तथ्यांक संकलन पनि गर्नेछ । यस डाटालाई ट्राफिक बिभागसँग समन्वय गर्न सकिनेछ ।
दुवई प्रशासन चाहन्छ कि सन् २०३० सम्मममा प्रहरी बलको २५ प्रतिशत रोबोट समेल गरियोस् । तर सत्य के पनि हो भने रोबोटले प्रहरी संगठनमा मानिसको स्थान भने लिन सक्दैन ।
दुवई पुलिसको स्मार्ट सर्विसेस बिभागका महानिर्देशक ब्रिगेडियर खालिद अल रजुकीले भने, ‘हामी आफ्नो प्रहरी अधिकारीलाई मेसिनले रिप्लेस गर्न चाहेका हैनौं, तर जुन स्तरमा दुवईमा मानिसको संख्या बढिरहेको छ, हामी अधिकारीहरुलाई सही स्थानमा तैनाथ गर्न चाहन्छौं ता कि उनीहरु शहरको सुरक्षामा ध्यान दिन सकुन् ।