काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
दिउँसो एक बजे बस्ने संसद बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो सम्बोधनका क्रममा उनले आफ्नो राजीनामाको घोषणा गर्ने बताइएको छ ।
आफ्नो नेतृत्वमा सरकार गठन गर्दाको सहमतिअनुसार नै उनल नेपाली काँग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्न लागेका हुन् । अब नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्नेछ ।
गत वर्ष नेपाली काँग्रेस र माओवादी केन्द्रबीच ९/९ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । सोही सहमतिका आधारमा नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्रले फिर्ता भएर काँग्रेसको सहयोगमा आफ्नो नेतृत्वमा सरकार गठन गरेको थियो ।