चितवन । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने नीति लिएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले चितवन जिल्ला अन्तर्गतका महानगरपालिका र नगरपालिकामा उम्मेदवारहरुको घोषणा गरेको छ । शुक्रबार जिल्लाका विभिन्न ठाउँमा आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रम मार्फत् उम्मेदवारहरुको घोषणा गरिएको हो । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले उम्मेदवारहरुको घोषणा गरेका हुन् ।
भरतपुर महानगरपालिकामा अम्बिका मुडभरी मेयर, बाबुराम प्यासी उपमेयर
प्राप्त समाचार अनुसार देजमोकी केन्द्रीय सचिवालय सदस्य समेत रहेकी जिल्लाकी चर्चित नेतृ अम्बिका मुडभरीले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी छन् भने उपमेयरमा वर्गीय÷जातीय आन्दोलनबाट स्थापित योद्धा बाबुराम प्यासी परियारलाई अगाडि सारेको छ ।
यसैगरी, वडा अध्यक्षहरुमा ४ नं.मा खडक बहादुर कुवँर, वडा नं. ५ मा इस्मत सुनार, वडा न.ं ११ मा मधु बजगाई, वडा नंं. १४ मा वृहस्पति दवाडी, वडा नं. १५ मा महादेव शर्मा पौडेल, वडा न.ं १६ मा राजकुमार बोलाखे, वडा नं. १७ मा रामचन्द्र बि.क., वडा नं. १८ मा हिरालाल पाठक, वडा नं. १९ मा दुर्गादेवी सुबेदी, वडा नं. २० मा डिल्लीराम दवाडी, वडा नं. २१ मा अरुणा रावत, वडा न २७ मा त्रिभुवन महतो रहेका छन् ।
भरतपुुर नगरपालिकामा २९ बडाहरु रहेका छन् । यस महानगरपालिकामा २ लाख ८० हजार ५ सय २ जना मतदाता रहेको निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
राप्ती नगरपालिकाको मेयरमा कुमार थापा, गायत्री पनेरु उपमेयर
मेर्चाले राप्ती नगरपालिकाको मेयरमा कुमार थापा र उपमेयरमा गायत्री पनेरुलाई उम्मेदवार उठाउने भएको छ । राप्ती नगरपालिकामा १३ वटा वडाहरु रहेका छन् । यस नगरपालिकामा ५७ हजार १ सय ७ जना मतदाता रहेका छन् ।
खैरहनी नगरपालिकाको मेयरमा चुडामणि दर्जी
मोर्चाले खैरहनी नगरपालिकामा चुडामणी दर्जीलाई मेयरमा उठाउने निर्णय गरेको छ । खैरहनीमा १३ वटा वडाहरु रहेका छन् । यस नगरपालिकामा ५६ हजार ९४ जना मतदाताा रहेका छन् ।
रत्ननगर नगरपालिकाको मेयरमा उत्तम सिंखडा, उपमेयरमा विन्दा कार्की
मोर्चाले रत्ननगर नगरपालिकामा उत्तम सिंखडा र उपमेयरमा विन्दा कार्कीलाई उम्मेदवार छनौट गरेको छ । यस नगरपालिकाका १६ वटै वडामा मोर्चाले उम्मेदवारी दिने भएको छ । यस नगरपालिकामा ६९ हजार ८ सय ४८ मतदाता रहेका छन् ।
माडी नगरपालिकाको मेयरमा चन्द्र प्रसाद सुवेदी, उपमेयरमा सावित्रा पौडेल
मोर्चाले माडी नगरपालिकाको मेयरमा चन्द्र प्रसाद सुबेदी र उप मेयरमा सावित्रा पौडेललाई टिकट दिएको छ भने माडी नगरपालिकाको वडा अध्यक्षहरुमा नं. १ मा तिलक अधिकारी, २ मा टंक वस्ताकोटी, ३ मा भविश्वर महत्तो, ४ मा रामवली महत्तो, ५ मा तारा बि.क., ६ मा कृष्ण पौडेल, ७ मा तोरण परियार, ८ मा एक बहादुर परियार ९ मा प्रेम आचार्य रहेका छन् । माडीमा ९ वटा वडाहरु रहेका छन् । यस नपामा ३७ हजार ६ सय ८३ जना मतदाता रहेका छन् ।
मोर्चाको जिल्ला कार्यालयले दिएको जानकारी अनुसार मोर्चाले बाँकी रहेका सबै वडाहरुमा बैशाख १८ गते सम्म उम्मेदवार छनौट गर्ने तयारी गरेको छ । चितवनमा देशभक्त जनगणतान्त्रिक मोर्चाको गाउँ गाउँमा संगठन विस्तार भएकोले जनाधार मजबुत बन्दै गएको मोर्चाका नेताहरुले बताए । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको वैज्ञानिक समाधान दिन सक्ने नेपाली राजनीतिको वैकल्पिक शक्तिको रुपमा अगाडि आएकोले पनि स्थानीय तहको निर्वाचनमा मोर्चाका उम्मेदवारहरु जनताको पहिलो रोजाइमा पर्ने नेतृ अम्बिका मुडभरीले दावी गरिन् ।