चुनावको मुखमा के गर्दैछन् श्याम शरण काठमाडौंमा ?

चुनावको मुखमा के गर्दैछन् श्याम शरण काठमाडौंमा ?

काठमाडौं । अहिले भारतीय पूर्व विदेश सचिव एवं नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरण काठमाडौंमा छन् यतिबेला । उनी काठमाडौंको बत्तिसपुतली स्थित द्वारिकाज् होटलमा बसेर भारतको हुन्डी खानेहरुसँगको भेटवार्तामा व्यस्त छन् । आफूलाई मधेसी भनेर पहाडीले निहुँ खोज्ने हो भने मधेस टुक्र्याउँछु भन्ने भारतीय पुत्र र नेपालका अंगीकृत नेपालीले नेतृत्व गरेको तराई आन्दोलन एकाएक स्थगित भएको छ । अहिले तराईका साना पार्टी एक भएका छन् । वंशज नागरिक डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पनि एक हुने हल्ला चलेको छ । उनीहरु बीच त एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने सहमति पनि भइसकेको छ ।

यहाँनेर भारतीय भूमिका पक्कै लुकेको हुनुपर्दछ । नेहरु डक्ट्रिन नेपालमा लागू गर्न ००७, ०४६ को आन्दोलन, अहिलेको पुष्पकमल दाहाल नेतृत्वको सरकार बनाउन र मधेसी अंगीकृतलाई उचाल्ने जस्ता हरेक प्रयास भएका छन्, तर भारत सफल हुन सकेको छैन । उसको सफलता भनेको नेपालको राजतन्त्रको अन्त्य हो । अब उसको आँखा नेपालको सेनालाई कमजोर बनाउनतिर छ । मौका हेरिरहेको छ ऊ । भारतीय हन्डी खानेहरु नेपालमा तीन पुस्ताका नेता, कर्मचारी भएको दाबी गरिन्छ । हिजो भारतीय विस्तारवाद भन्दै चर्को आलोचना गर्ने अहिलेका प्रधानमन्त्री दाहाल र पूर्व प्रम भट्टराई नेहरु डक्ट्रिनका पुजक बनेका छन् ।

अहिले नेपालको संविधानमा दोस्रो संशोधन गरिंदैछ । त्यो श्याम शरणले भारतमा गराएको १२ बुँदे सहमतिको ऋण तिर्न गरिएको स्पष्ट छ । किनकि हाल प्रचण्ड र विमलेन्द्र निधिले भनेजसरी नेपालको संविधान संशोधन भएमा पहाड र तराई टुक्र्याउन दस बर्षभन्दा बढी लाग्ने छैन भारतका लागि ।

हामी सिंगो र स्वाभिमानसहितको नेपाल चाहन्छौं । भोलि परेको बेला आफ्नो रगत नेपाली आमाको रक्षाको लागि अर्पण गर्न तयार छौं । आउनुहोस्, सबै मिलेर देश जोगाउने अभियानमा लागौं, विदेशी दलालको भण्डाफोर गरौं ! (अन्नपूर्णपोष्टबाट)