माओवादीहरुले पालना गर्नुपर्ने ६ नियम

माओवादीहरुले पालना गर्नुपर्ने ६ नियम

माओत्सेतुङले ‘पार्टीमा पुँजीवादी विचारहरुको विरोध गर’ शीर्षकको आफ्नो एउटा लेखमा केही नियमहरुको उल्लेख गरेका छन् । ती नियमहरु निम्न प्रकारका छन् । (हेर्नुहोस्, माओ ‘संकालित रचनाहरु’ भाग ५, पृष्ठ १११)

‘सातौं केन्द्रीय कमिटीको दोस्रो विस्तारित बैठकमा केही नियमहरु स्वीकृत भएका थिए, तर तिनलाई त्यसको प्रस्तावमा लेखिएको थिएन । पहिलो नियम हो–जन्मोत्सव मनाउनमा प्रतिबन्ध । जन्मोत्सव मनाएर दीर्घ जीवन पाउने होइन । महत्वपूर्ण कुरा त आफ्नो काम राम्ररी गर्नु हो । दोस्रो नियम हो– कमसेकम पार्टीमा, कोसेलीमाथि प्रतिबन्ध । तेस्रो नियम हो– सम्मान पानलाई सकेसम्म कम गर्नु । खास अवसरहरुमा सम्मान पानलाई इजाजत दिन सकिन्छ । चौथो नियम हो– करतल ध्वनीलाई (तालि बजाउने कामलाई) सकेसम्म कम गर्नु । उत्साहले ताली बजाउने जन–समुदायमाथि प्रतिबन्ध लगाउनु वा चिसो पानी खन्याउने काम हुनु हँुदैन । पाचौ नियम हो– व्यक्तिको नाउँमा ठाउँको नामाकरणमाथि प्रतिबन्ध । छैठौं नियम हो– चिनियाँ कमरेडहरुलाई माक्र्स, एन्जेल्स, लेनिन वा स्टालिनको बराबरीमा राख्ने काममाथि प्रतिबन्ध । उहाँहरुसितको हाम्रो सम्बन्ध गुरु–चेलाको सम्बन्ध हो र हुनुपर्ने कुरा पनि त्यही हो । यी नियमहरुको परिपालना गर्नु भनेको सच्चा विनम्रता हो ।
                                                                                                                                            प्रस्तोता : कृष्णदास श्रेष्ठ