भक्तपुर । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भक्तपुरको एक भेलाले जिल्ला संयोजकमा विष्णुप्रसाद न्हिसुतुलाई चयन गरेको छ । मोर्चाका सचिवालय सदस्य कमल चौधरीको प्रमुख आतिथ्यमा शनिबार भएको उक्त भेलाले श्रीकृष्ण सुलु इन्चार्ज, बिष्णुप्रसाद न्हिसुतु संयोजक, रामकुमार दोङ सहसंयोजक रहेको २३ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

लक्ष्मी मार्केट, सूर्यविनायकमा भएको उक्त भेलाले मोर्चाको जिल्ला सदस्यहरुमा क्रमशः रामहरी गणेजु, राजु लोहला, शंखलाल मगजु, रचना नेपाली, राधा सितिखु, अप्सरा मगर, राम कोजु, सुबिर कोजु, प्रवीण त्वान्जु, कृष्णप्रसाद घेमोसु, कृष्णराम दुवाल, कृष्णप्रसाद ब्यान्जु, मदन लामा, पदम तामाङ, पदम लामा, कृष्ण खोंजु, कृष्ण ज्याख्व, सुन्दर श्रेष्ठ, ज्ञानबहादुर लामा र रमेश बोहरा चयन भएका छन् ।

उक्त भेलामा मोर्चाका सचिवालय सदस्य पवनमान श्रेष्ठ, नेवाः राज्य संयोजक गोर्की श्रेष्ठ, केन्द्रीय सल्लाहकार ज्ञानेन्द्रमान श्रेष्ठ, क्रान्तिकारी माओवादीका केस बिन्दा मगर, फुर्नाम्गेल मोक्तान, देजमोका केस भक्तराज थापा, जिल्ला संयोजक बिष्णुप्रसाद न्हिसुतु लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार