काठमाडौं
। आम हड्तालसहितका आन्दोलनको कार्यक्रम घोषणा गरेर स्थानीय तह निर्वाचन विथोल्ने उद्घोष गरेको मोर्चासहितको संघीय गठबन्धनले सरकारसँग दुई चरणमा चुनाव गर्न सहमति गरेको छ । मोर्चालाई चुनावमा सहभागी गराउन सरकारले उसका केही मागलाई सम्बोधन गर्ने सहमति गरेको छ ।
यस्तो छ सहमति
-बैशाख ३१ गतेको लागि घोषित स्थानीय निकायको चुनाव दुई चरणमा गरिने ।
-पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने ।
-बाँकी प्रदेशमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने ।
-सरकारले मोर्चासँग शनिबार भएको सहमति अनुसार परिमार्जनसहित संविधान संशोधन विधेयक तीव्र मार्गबाट पास गराउने । आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय लिदै संसदमा दर्ता गर्ने ।
-तराईका केही जिल्लामा स्थानीय निकायको संख्या थपिने । निर्वाचन आयोगसँग त्यसबारे परामर्श गरिने ।
-स्थानीय निकायको संख्या स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार हुने ।
-प्रदेश सिमांकनको बिषय संघीय आयोगको प्रतिवेदनअनुसार हुने ।
-भाषा आयोगको प्रतिवेदनअनुसार संविधानको अनुसुचीमा राष्ट्रिय भाषा थपिने ।
-मोर्चाले घोषित आन्दोलनका कार्यक्रम स्थगित गर्ने ।

शनिबार दिउँसो ३ बजेदेखि बालुवाटारमा भएको मोर्चा र सरकारबीचको वार्तामा यस्तो सहमति जुटेको हो ।
शुक्रबार भएको वार्तामा सरकार संविधान संशोधन विधेयकमा परिर्माजन गर्दै आफ्ना माग सम्बोधन गर्न तयार भएपछि मधेसी मोर्चाले स्थानीय चुनाव सहभागी हुने बताएको थियो । साथै संशोधन विधेयकमा गरिने परिर्माजनबारे गृहकार्य गर्न कार्यदल गठन गरेको थियो ।

कार्यदल प्रस्तावमा शनिबार बसेको सत्तारुढ दल र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकले सहमति जुटाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर