रवि पाण्डे/नवलपरासी– मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले चुनावको क्रान्तिकारी उपयोगको रणनीति लिएसँगै जिल्लामा संगठन बिस्तारलाई तीब्र बनाएको छ ।

विहीबार जनआन्दोलन दिवसको अवसरमा कार्यकर्ता भेला गरी मोर्चाले संगठन विस्तारलाई शुरु गरेको हो । मोर्चाले जिल्लालाई दुई प्रदेश बनाएपछि नवलपरासी जिल्ला कमिटीअन्तर्गत रहने गरी परासी र नवलपुरमा छुट्टा छुटटै दुईवटा कमिटी गठन गरेको छ ।

चुनावी मोर्चाको परासी क्षेत्रको कार्यालय बर्दघाट र नवलपुर कार्यालय कावासोतीमा रहने मोर्चाका अध्यक्ष बृजदेव पाण्डेले बताए । त्यस्तै मोर्चाको परासी क्षेत्रीय कमाण्ड समितिको संयोजकमा चुडामणि भण्डारी र सहसंयोजकमा गणेश भट्ट चयन भएका छन् ।

१८ सदस्यीय कमाण्ड समितिको सदस्यहरुमा बोल्गा नेपाल, बिष्णु गैरे, रामचन्द्र गौतम, छविलाल खरेल, राजु प्रसाद खनाल लगायत रहेका छन् ।

त्यस्तै नवलपुर क्षेत्रीय कमाण्ड समितिको संयोजकमा दुर्गा पौडेल सहसंयोजकमा पिताम्बर फाल मगर चयन भएका छन् भने सदस्यहरुमा कल्पना गौतम, खड्गबहादुर बाह्रघरे, श्याम कुमाल, उत्तम थापा रामकुमार श्रेष्ठलगायत रहेका छन् ।

त्यस्तै देशभकत मोर्चा नवलपरासीको बर्दघाटमा भएको बैठकले मोर्चाका जिल्ला अध्यक्ष बृजदेब पाण्डेको संयोजकत्वमा निर्वाचन तयारी तथा परिचालन कमिटी गठन गरेको छ । कमिटीको सदस्यहरुमा उत्तम थापा, पिताम्बर फाल, रविलाल पाण्डे दुर्गा पौडेल लगायत रहेका छन् ।

त्यस्तै मोर्चाले १५ वटै स्थानीय तहको भेला समेत शुरु गरेको छ । त्यसैगरी विहीवार नै भएको देशभक्त मोर्चा बर्दघाट नगर समितिको भेलाले राजुप्रसाद खनालको अध्यक्षतामा ४९ सदस्सीय बर्दघाट नगर समिति चयन गरेको छ ।

मोर्चाको उपाध्यक्षमा धुब्र कुमारी सापकोटा र पुरन चौधरी सचिवमा पदमराज पौडेल कोषाध्यक्षमा बिष्णु गैरे चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सबै वडाबाट कम्तीमा २ जना प्रतिनिधित्व हुने गरी पुष्पराज नेपाली, थमन बोहोरा, राजु विक, राजेन्द्र न्यौपाने, नन्दलाल तिवारी, गोबिन्द बहादुर साठीघरे, खेम गुरुङ, झरिया महतो, लिलावती चौधरी, राजकुमार नेपाली, सन्तोष नेपाली, अर्जुन ढकाल, देबी नेपाली, गिरीराज पाठक, बसन्ती चौधरी, सिता घर्ती, सुजन गैरे, ज्ञानबहादुर केसी, जग्गे पौडेल, प्रेम पोखरेल, टि.बी गुरुङ, सुजन रोका, बिजय गुरुङ, बिष्णु पोखरेल, गोपाल गिरी, गौरी पोखरेल, सेती थापा लगायत चयन भएका छन् ।

त्यस्तै देजमो बर्दघाट नगर समितिले नगर सदस्यको संयोजकत्वमा वडा समिति गठन गर्ने तयारी गरेको छ । आदिवासी जनजाति पिछडावर्गलाई समाबेश गर्दै मोर्चाले वडा समिति बनाउने नगर सचिव पदमराज पौडेलले जनाए । त्यस पश्चात टोल समिति बिस्तार गर्ने उनले जानकारी दिए ।

त्यस्तै कावासोती नगरमा पिताम्बर तिवारीको संयोजकत्वमा ३५ सदस्सीय देजमो गठन भएको छ भने गैडाकोट, देबचुली मध्यबिन्दु सुनवल, र रामग्राममा समेत भेला तयारी गरि पुनैगठन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर