काठमाडौं । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल लगायत ६४ दलका पचासभन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । खगेन्द्र अवस्थी, अखण्ड सुदुरपश्चिम पार्टी, नेपाल, चैतलाल महर्जन– नयाँ शक्ति पार्टी, नेपाल, बसन्त बोगटी– देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, सुरेश श्रेष्ठ– देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, महावीर प्रसाद महते– जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्स, सन्तुराम भट्टराई– नयाँ शक्ति, नेपाल, रिजवान अनसारी– नेपाल संघीय समाजवादी पार्टी– अध्यक्ष, पञ्चलाल महर्जन– नेपा राष्ट्रिय परिषद्– संयोजक, ओम प्रसाद वाग्ले– नयाँ शक्ति नेपाल, नारायण श्रेष्ठ– संयुक्त राष्ट्रवादी समाजवादी पार्टी– उपमहासचिव, हिरण्य लुइटेल– संयुक्त राष्ट्रवादी समाजवादी पार्टी, मो.जावेद अली अंसारी– नेपाल संघीय समाजवादी पार्टी, जनक कार्की– संघीय समाजवादी पार्टी, विशाल आचार्य– नेपा समाजवादी पार्टी, केवी भट्टराई– जन समाजवादी पार्टी, बसन्त कुमार बस्नेत सहित ५० जनाभन्दा बढी रहेका छन् । पक्राउ गरेर महाराजगंज २ नं गणमा लगेको प्रहरीले अहिले भृकुटीमण्डप स्थित महेन्द्र पुलिस क्लवमा ल्याएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले “स्थानीय तह निर्वाचन ऐन–२०७३” अलोकतान्त्रिक र संविधानसँग बाझिने रहेकोले त्यसको खारेजीको माग गर्दै आएको छ । उक्त कानुनको दफा ६ को उपदफा ६ र ७ मा व्यवस्था भए अनुसार हाल संसदमा रहेका दलहरुले मात्र निर्वाचित चिन्ह पाउने प्रावधान गरेको छ । मोर्चाले उक्त अलोकतान्त्रिक कानुनका कारणबाट प्रभावित हुन पुगेका अन्य पार्टी एवम् संगठनहरुलाई त्यसका विरुद्ध हुने संघर्षमा एकजुट भई अगाडि बढ्न एक प्रेस विज्ञप्ती निकालेर शनिबार मात्र आव्हान गरेको थियो ।