एजेन्सी । दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गेउन हाई भ्रष्टाचारको अभियोगमा पक्राउ परेकी छन् ।
अदालतले पक्राउ गर्न आदेश दिएपछि ६५ वर्षीया पार्कलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउपछि उनलाई राजधानी सिओलको दक्षिणी क्षेत्रमा रहेको एक कारागारमा भागमा रहेको एउटा कारागारमा राखिएको छ ।
पदमा रहँदा उनले विभिन्न कम्पनीबाट मोटो रकम भ्रष्टाचार गरी आफ्ना सहयोगी चाई सून सीललाई सहयोग गरेको अभियोगको छानविन गर्न अदालतले पक्राउ गर्न आदेश दिएको हो ।
पार्कलाई पक्राउ नगर्दा प्रमाणहरु नष्ट हुने सम्भावना रहेको भन्दै उनलाई पक्राउ गरिएको हो । पार्क कोरियामा भ्रष्टाचारको अभियोगमा पक्राउ पर्ने तेस्रो पूर्वराष्ट्रपति हुन् ।
यसअघि त्यहाँको संसदले पार्कलाई महाभियोग लगाएर राष्ट्रपतिबाट बर्खास्त गरेको थियो । पार्कले संवेदनशील थुप्रै कागजपत्र चुहाएर कानुन उल्लंघन गरेको पनि अदालतको ठहर छ ।
आफ्नानिकट साथी चाई सून सिलसँग भ्रष्टाचार काण्डमा मुछिएपछि पार्कविरुद्ध संसद्ले महाभियोग लगाएको थियो । यद्यपी आरोपको पार्क र चाई दुबैले अस्वीकार गर्दै आएका छन् ।