देशभक्ति र अन्तर्राष्ट्रवाद

देशभक्ति र अन्तर्राष्ट्रवाद

एकजना कम्युनिष्ट अन्तर्राष्ट्रवादी हुनाको साथसाथै देशभक्त पनि हुन सक्छ ? हाम्रो विचार के छ भने ऊ त्यस्तो हुनसक्ने मात्र होइन उसले त यस्तो हुनैपर्छ । देशभक्तको विशिष्ट सार ऐतिहासिक परिस्थितिहरुद्धारा निर्धारित हुन्छ । एकातिर जापानी आक्रमणकारीहरु र हिटलरको ‘देशभक्ति’ छ भने अर्कोतिर हाम्रो पनि देशभक्ति छ । कम्युनिष्टहरुले जापानी आक्रमणकारीहरु र हिटलरको राष्ट्रवादको डटेर विरोध गर्नैपर्छ । जापान र जर्मनीका कम्युनिष्टहरु तिनका आ–आफ्ना देशले छेडेका युद्धको सन्दर्भमा पराजयवादीहरु हुन् । जापानी आक्रमणकारीहरु र हिटलरलाई हरसम्भव उपायले पराजित गर्नु जापानी र जर्मनेली जनताको स्वार्थ अनुकूल कुरा हो, र यो पराजय जतिजति पूर्ण भयो त्यति नै राम्रो । जापानी र जर्मनेली कम्युनिष्टहरुले गर्नुपर्ने काम यही हो र उनीहरु यसै गर्दैछन् । यसो गर्नुपर्ने कारण के हो भने जापानी आक्रमणकारीहरु र हिटलरले छेडेका युद्धहरुले तिनका आफ्नै देशका जनता र विश्वका जनतालाई हानी–नोक्सानी गरिरहेका छन् । चीनको कुरा भने बेग्लै छ, किनभने चीन आक्रमणको शिकार भएको छ । त्यसैले चिनियाँ कम्युनिष्टहरुले देशभक्तिलाई अन्तर्राष्ट्रवादसँग गाँस्नैपर्छ । हामी एकसाथ अन्तर्राष्ट्रवादी र देशभक्त हौं, अनि हाम्रो नारा यस्तो छ, ‘मातृभूमिको रक्षा गर्न आक्रमणकारीहरुसँग लड ।’ हाम्रो निम्ति पराजयवाद एउटा अपराध हो र प्रतिरोध युद्धमा विजय प्राप्त गर्न लड्नु अनिवार्य कर्तव्य हो किनभने मातृभूमिको रक्ष ागर्नके निम्ति लडेर मात्रै हामी आक्रमणकारीहरुलाई पराजित गर्न र राष्ट्रिय मुक्ति हासिल गर्न सक्छौं । अनि राष्ट्रिय मुक्ति हासिल गरेर मात्र सर्वहारावर्ग र अरु श्रमिक जनताको निम्ति आफ्नो मुक्ति हासिल गर्न सम्भव हुनेछ । चीनको विजय र आक्रमणकारी साम्राज्यवादीहरुको पराजयले अरु देशका जनतालाई मद्दत गर्नेछ । यसप्रकार, राष्ट्रिय मुक्ति युद्धहरुमा प्रकट हुने देशभक्ति अन्तर्राष्ट्रवाद कै एउटा व्यावहारिक रुप हो । यसैले, कम्युनिष्टहरुले पूर्णरुपले सक्रिय हुनुपर्छ, राष्ट्रिय मुक्ति युद्धको युद्ध मोर्चाको तर्फबाट बहादुरी र दृढतासाथ अघिबढ्नुपर्छ र जापानी आक्रमणकारीहरुतिर आफ्ना बन्दूक सोझ्याउनुपर्छ । यही कारणले गर्दा १८ सेप्टेम्बर १९३१ को घटनाको लगत्तैपछि हाम्रो पार्टीले राष्ट्रिय प्रतिरक्षा युद्धद्वारा जापानी आक्रमणकारीहरुको प्रतिरोध गर्नको निम्ति आव्हान ग¥यो, अनि पछि जापान विरोधी राष्ट्रिय संयुक्त मोर्चाको प्रस्ताव अघि सा¥यो, लालसेनालाई जापान विरोधी आदेश दियो र पार्टी सदस्यहरुलाई युद्धको, अग्रिम मोर्चामा उभिन र अन्तिम थोपा रगत छउञ्जेल मातृभूमिको रक्षा गर्ने निर्देशन दियो । यी असल देशभक्तिपूर्ण कामकारवाहीहरु हुन, र यी कारवाहीहरु अन्तर्राष्ट्रवादको विरुद्ध हुनु त के कुरा ? बरु यी त चीनमा अन्तर्राष्ट्रवादकै कार्यरुप हुन् राजनैतिक दृष्टिले गोब्रेबुद्धि भएकाहरुले वा कुनियता भएकाहरुले मात्रै हामीले गल्ती ग¥यौं र अन्राष्ट्रवादलाई त्याग्यौं भनेर पुङ् न पुच्छरका कुरा गर्छन् ।

कम्युनिष्टहरुले राष्ट्रिय युद्धमा आदर्श नमूना बन्नुपर्छ

माथि बताइएका कारणहरुले गर्दा, कम्युनिष्टहरुले राष्ट्रिय युद्धमा उच्चस्तरको पहलकदमीको प्रदर्शन गर्नुपर्छ र यसलाई ठोसरुपले अभिव्यक्त गर्नुपर्छ अर्थात् हरेकक्षेत्रमा तिनले अनुकरणीय अग्रगामी भूमिका खेल्नुपर्छ । हाम्रो युद्ध प्रतिकूल परिस्थितिहरुमा चलाइँदैछ । व्यापक जनसमुह माझ राष्ट्रिय चेतना, राष्ट्रिय आत्मसम्मान र राष्ट्रिय आत्मविश्वासको पर्याप्त विकाश भएको छैन, बहुसङ्ख्यक जनता असङ्गठित अवस्थामा छन्, चीनको सैन्यशक्ति कमजोर छ, अर्थव्यवस्था पछौटे छ, राजनैतिक व्यवस्था अप्रजातान्त्रिक छ, भ्रष्टचार र निराशावाद विद्यमान छ, र संयुक्त मोर्चाभित्र एकता र सुदृढताको अभाव फेला पर्छः प्रतिकूल परिस्थितिहरु यिनै हुन् । त्यसकारण, कम्युनिष्टहरुले यस्ता सबै अवाञ्छित् कुराहरुको अन्त्य गर्ने ध्येयले सिङ्गै राष्ट्रलाई एकताबद्ध पार्ने महान् जिम्मेवारी सचेतरुपले बहन गर्नुपर्छ । यस काममा कम्युनिष्टहरुको अनुकरणीय अग्रगामी भूमिकाको अति ठुलो महत्व रहन्छ । आठौं मार्ग सेना र नौलो चौथो सेनाका कम्युनिष्टहरुले बहादुरीसाथ लड्ने, आदेशहरु पालन गर्ने, अनुशासन पालन गर्ने राजनैतिक क मगर्ने र आन्तरिक एकता र सुदृढतालाई हुर्काउने बढाउने काममा आदर्श नमूना बन्नुपर्छ । मित्र पार्टीहरु र सेनाहरुसँगको सम्बन्धको हकमा कम्युनिष्टहरुले जापानको प्रतिरोध गर्नेएकताको दरिलो अडान लिनुपर्छ ः संयुक्त मोर्चाको कार्यक्रम दृढतासाथ लागू गर्नुपर्छ र प्रतिरोध गर्ने अभिभाराहरु पूरा गर्ने काममा आदर्श नमूना बन्नुपर्छः तिनले बचनमा सच्चा र कर्ममा दृढ हुनुपर्छः अहंकारबाट मुक्त हुनुपर्छ र मित्र पार्टीहरु तथा सेनाहरुको रायसल्लाह लिने तथा सहयोग गर्ने कुरामा खुला दिलले काम गर्नुपर्छ र संयुक्त मोर्चाभित्रका अन्तरपार्टी सम्बन्धहरुमा तिनले नमूना बन्नुपर्छ । सरकारी काममा लागेका रहेक कम्युनिष्टहरुले पूर्ण इमान्दारिता, कर्मचारीको नियुक्तिमा कृपावादबाट मुक्त भावना र थोरै पारिश्रमिकमा कठिन काम गर्ने तत्परता देखाउनमा आदर्श नमूना बन्नुपर्छ ः जनसमूहको काम गर्ने हरेक कम्युनिष्टले तिनको मित्र बन्नुपर्छ, तिनमाथि हुकुम चलाउने हाकिम होइन, कहिल्यै नथाक्ने गुरु बन्नुपर्छ, नोकरशाही राजनीतिज्ञ होइन । कुनै बेला र कुनै परिस्थितिमा पनि कम्युनिष्टले आफ्नो व्यक्तिगत स्वार्थलार्य पहिलो स्थान दिनुहदैन, उसले आफ्नो स्वार्थलाई राष्ट्र र जनसमूहको स्वार्थको मातहातमा राख्नुपर्छ । तसर्थ, स्वार्थीपन, ढिलासुस्ती, भ्रष्टचार, नामको भोक इत्यादि अति घिनलाग्दा प्रवृत्ति हुन् भन्ने निःस्वार्थीपन, आफ्नो भएभर्को बुताले काम गर्ने भावना, सार्वजनिक कर्तव्यप्रति तनमनले लागिपर्ने र चुपचाप सँग काम गर्ने भावना आदर गर्न लायक हुनेछन् । कम्युनिष्टहरुले पार्टी बाहिरका सबै प्रगतिशील मानिसहरुसँग मेलमिलापसाथ काम गर्नुपर्छ र जुनसुकै आवञ्छनीय कुराहरुलाई हटाउनको निम्ति समस्त जनतासँग एकजुट हुने कोशिस गर्नुपर्छ । कम्युनिष्टहरु राष्ट्रको जनसङ्ख्याको एउटा सानो भागमात्र हुन् र पार्टी बाहिर प्रगतिशील तथा सक्रिय मानिसहरुको सङ्ख्या ज्यादै धेरै छ र तिनीहरुसँग हामीले मिलेर काम गर्नुपर्छ भन्ने कुरा बुभm्नुपर्छ । हामी मात्रै असल हौं र अरु सबै खराब हुन् भन्ठान्नु एकदमै गलत कुरा हो । जहाँ सम्म राजनैतिक दृष्टिले पछि परेका मानिसहरुको प्रश्न छ, कम्युनिष्टहरुले तिनलाई उपेक्षा वा हेला गर्नु हुँदैन, तर तिनीहरुसँग मितेरी गाँस्नुपर्छ, एकताबद्ध हुनुपर्छ, तिनको चित्त बुझाउनुपर्छ र तिनलाई अघि बढ्ने हौसला दिनुपर्छ । आफ्नो काममा गल्ती गर्ने मानिस सुधार्नै नसकिने स्थितिमा नपुगुञ्जेलसम्म उसप्रतिको कम्युनिष्टहरुको दृष्टिकोण उसलाई निष्काशन गर्ने नभइकन उसलाई फेरिन र नौलो जीवनको थालनी गर्न मद्दत गर्ने हिसाबले उसलाई सम्झाउने–बुझाउने खालको हुनुपर्छ । कम्युनिष्टहरुले व्यावहारिकता र दूरदर्शिताको आदर्श नमूना बन्नुपर्छ । किनभने तिनले व्यावहारिक भएर मात्रै आफ्नो तोकिएको अभिभारा पूरा गर्न सक्छन् र दूरदर्शिताले मात्रै तिनलाई आफ्नो अघि लम्काइमा बाटो बिराउने कुराबाट जोगाउँछ । त्यसकारण, कम्युनिष्टहरुले अध्ययनको क्षेत्रमा एउटा आदर्श नमूना बन्नुपर्छ, तिनले सधैं नै जनसमूहबाट सिक्नुपर्छ र तिनलाई सिकाउनुपर्छ । जनताबाट, वास्तविक परिस्थितिहरुबाट र मित्र पार्टीहरु सेनाहरुबाट सिकेर मात्रै र तिनलाई राम्ररी चिनेर मात्रै हामी आफ्नो काममा व्यवहारिह र भविष्यको बारेमा दूरदर्शी हुन सक्छौं । कम्युनिष्टहरुले मित्र पार्टीहरु र सेनाहरु तथा व्यापक जनसमूहमध्येका अघिबढेका तत्वहरुसँग मिलेर आफ्नो सामथ्र्यको अत्युत्तम उपयोग गर्दै अनुकरणीय अग्रगामी भूमिका खेलेको खण्डमा मात्र लामो समय र प्रतिकूल परिस्थितिको युद्धमा कठिनाइहरु हटाउन, शत्रुलाई पराजित गर्न र नौलो चिनको निर्माण गर्न सिङ्गै राष्ट्रको गतिशिल शक्तिको परिचालन गर्न सक्नेछन् ।

सिङ्गै राष्ट्रलाई एकताबद्ध गर र त्यससित रहेका शत्रुका दलालहरुसँग लड

कठिनाईमाथि विजय प्राप्त गर्ने, शत्रुलाई पराजित गर्ने र नौलो चिनको निर्माण गर्ने एकमात्र नीति जापान विरोधी राष्ट्रिय संयुक्त मोर्चालार्य सुदृढ पार्नु र विस्तार गर्नु तथा सिङ्गो राष्ट्रको गतिशील शक्तिलाई परिचालन गर्नु हो । तर हाम्रा राष्ट्रिय संयुक्त मोर्चाभित्र रहेका शत्रुका दलालजस्तै देशद्रोहीहरु, ट्राट्स्कीपन्थीहरु र जापानपन्थी तत्वहरुले फूट पार्ने भूमिका खेल्न थालिसकेका छन् । कम्युनिष्टहरुले सधैं नै यस्ता तत्वहरुमाथि आँखा लगाइराख्नुपर्छ, तिनलाई अपराधपूर्ण कार्यकलापहरुलाई तथ्य प्रमाणसाथ उदाङ्गो पार्नुपर्छ र जनतालाई तिनको जालमा नफस्न सजग गराउनुपर्छ । कम्युनिष्टहरुले यी शत्रुका दलालहरुप्रति राजनैतिक सतर्कता बढाउनुपर्छ । राष्ट्रिय संयुक्त मोर्चाको सुदृढिकरण र विस्तार गर्ने काम शत्रुका दलालहरुलाई उदाङ्गो पार्ने र तिनलाई उखेलेर फाल्ने कामसँग अभिन्नरुपले गाँसिएको कुरा उनीहरुले बुझ्नैपर्छ । यीमध्ये एक पक्षमाथि मात्र ध्यान दिनु र अर्कोलाई बिर्सनु एकदमैं गल्ती हुनेछ ।

विजय हासिल गर्नको निम्ति राष्ट्रका सारा शक्तिहरुलाई सञ्चालन चर (२५ अगस्ट १९३७)

जुलाई ७ को लुकओचियाओको घटना जापानी साम्राज्यवादीहरुले चीनको विशाल पर्खालको दक्षिणी भागमा गरेको व्यापक आक्रमणको थालनी थियो । चिनियाँ पल्टनहरुले लुकओचियाओमा डटेर गरेको लडाई चीनको राष्ट्रव्यापी प्रतिरोध युद्धको थालनी थियो । जापानीहरुको अटुट आक्रमण, जनताको दृढ संघर्ष राष्ट्रिय पूँजीपति वर्गको प्रतिरोधतर्फको झकाव, कम्युनिष्ट पार्टीद्धारा राष्ट्रिय संयुक्त मोर्चाको नीतिको जोडदार वकालत र दृढ कार्यान्वयन र यस नीतिले पाएको राष्ट्रव्यापी समर्थन यी सबै कुराले चिनियाँ अधिकारीहरुलाई उनीहरुले १९३१ को सेप्टेम्बर १८ को घटनादेखि अनुसरण गरेको अप्रतिरोधको नीतिलाई लुकओचियाओको घटनापछि प्रतिरोध नीतिमा बदल्न शुरु गर्न बाध्य गरेका छन् र चिनियाँ क्रान्तिलाई डिसेम्बर ९ को आन्दोलनपछिको अवस्था अर्थात् गृहयुद्ध समाप्त गर्ने र प्रतिरोधको तयारी गर्ने अवस्थाबाट वास्तविक प्रतिरोधको अवस्थामा विकसित गरेका छन् । सिआनको घटना र यसको कार्यकारिणी समितिको पूर्ण अधिवेशनबाट शुरु गर्दै कोमिनताङका नीतिमा गरिएका प्रारम्भिक परिवर्तनहरु जापानको प्रतिरोध गर्नै विषयमा श्री च्याङ् काई–शेकले १७ जुलाईको दिन लुशानमा दिएको वक्तव्य र राष्ट्रिय प्रतिरक्षासम्बन्धी उनका थुप्रै कदमहरु य िसबै कुरा तारीफ गर्न लायकका छन् । मोर्चामा रहेका स्थलसेना र वायुसेना वा स्थानीय सशस्त्र एकाईहरु सबैले सु¥याइँपूर्वक लड्दै चिनियाँ राष्ट्रको वीरतापूर्ण भावना प्रदर्शित गरेको छन् । चिनियाँ कम्युनिष्ट पार्टीले देशभरिका हाम्रा देशभक्त पल्टनहरु र बन्धुकहरुलाई राष्ट्रिय क्रान्तिको नाममा हार्दिक सलामी टत्र्mयाउँदछ ।
तर अर्कोतिर, कोमिनताङ अधिकारीहरु ७ जुलाईको लुकओचियाओको घटनापछि पनि उनीहरुले १८ सेप्टेम्बरको घटनादेखि अनुसरण गर्दै आएको सम्झौत ागर्ने र सहुलियत दिने देशभक्त पल्टनहरुको उत्साहलाई कुण्ठिन पार्ने र देशभक्त जनताको राष्ट्रिय मुक्ति आन्दोलनलाई दबाउने उही गलत नीति नै लागू गर्दैछन् के कुरामा शङ्का छैन भने पैपिङ र थ्येनचिङमाथि कब्जा जमाएपछि आफ्नो त्रूmर सैन्यशक्तिको भरोसा गर्दै र त्यसको साथसाथै जर्मनेली र इटालियाली साम्राज्यवादको समर्थन प्राप्त गर्दै तथा बेलायती साम्राज्यवादको ढुलमुलेपना र कोमिनताङको व्यापक जनसमूहबाट अलग्गिएको अवस्थाबाट फाइदा उठाउँदै व्यापकस्तरमा आक्रमणात्मक कारवाही गर्ने आफ्नो नीति अघि बढाउनेछ, पहिलेनै निर्धारित गरिएको आफ्नो युद्ध योजनाको दोस्रो वा तेस्रो कदम चाल्नेछ र सम्पूर्ण उत्तरी चीन र अरु इलाकामाथि भीषण आक्रमण गर्नेछ । चाहार शाङ्घाइमा युद्धका ज्वाला दन्किसकेका छन् । हाम्रो बचाउनको निम्ति, शक्तिशाली आक्रमणकारीहरुले आक्रमणको प्रतिरोध गर्नको निम्ति, उत्तरी चीन र समुद्री किनाराको रक्षा गर्नको निम्ति कोमिनताङ अधिकारीहरु र सारा जनताले उत्तरी चीन, पैपिङ र थ्येनचिनलाई गुमाउनु परेको कुराबाट पूरापूर शिक्षा लिनुपर्छ, अबिसिनियाको पतनबाट शिक्षा र चेतावनी लिनपर्छ, विगतकालमा सोभियत संघले आफ्नो विदेशी शक्तिहरुबाट प्राप्त गरेका विजयहरुबाट शिक्षा लिनुपर्छ । माड्रिडको सफलतामाथि स्पेनले सँगालेको हालको अनुभवबाट शिक्षा लिनुपर्छ र मातृभूमिको रक्षाको निम्ति अन्तिम घडीसम्म लडिरहन दृढतासाथ एकताबद्ध हुनुपर्छ । अब उप्रान्त हाम्रो अभिभारा यसप्रकारको छ– ‘प्रतिरोध युद्धमा विजय हासिल गर्नको निम्ति गाँठी कुरो कोमिनताङको नीतिमा पूर्ण र आमूल परिवर्तन गर्नु हो । प्रतिरोधको सवालमा कोमिनताङले अघि सारेको कदम सराहनीय छ, चिनियाँ कम्युनिष्ट पार्टी र सिङ्गै देशका जनताले वर्षौदेखि आशा गरेको कुरा यही हो र हामी यसको स्वागत गछौं । तर जनसमूहको सञ्चालन गर्ने र राजनैतिक सुधारहरु गर्ने जस्ता विषयमा भने कोमिनताङले आफ्ना नीतिहरु फेरेको छैन । जापान विरोधी जनआन्दोलनमाथिको विरोध हटाउन वा सरकारी ढाँचामा आधारभूत परिवर्तन गर्न यो मुख्यरुपले अझै कुनै नीति छैन र कम्युनिष्ट पार्टीसित सरसहयोग गर्ने कुरामा यो अझै पर्याप्त मात्रामा इमान्दार छैन । हाम्रो राष्ट्रको निम्ति जीवन र मरणको यस नाजुक घडीमा कोमिनताङले पुरानै कुरामा अड्डी लिइरहन्छ र आफ्नो नीति झट्टै फेर्दैन भने यसले सम्पूर्ण प्रतिरोध युद्धलाई ठुलो विपतामा पार्नेछ । केही कोमिनताङ सदस्यहरु भन्छन्– ‘विजयपछि राजनैतिक सुधारहरु गरियोस् ।’ खाली सरकारको प्रयासबाटै जापानी आक्रमणकारीहरुलाई पराजित गर्न सकिन्छ भन्ने तिनको सोचाइ छ, तर यो सोचाइ गलत छ सरकारले एक्लै लडेर प्रतिरोध युद्धमा दुईचारवटा लडाईहरु जित्न सकिएला, तर जापानी आक्रमणकारीहरुलाई पूर्णरुपले पराजित गर्न भने असम्भव हुनेछ । सिङ्गो राष्ट्रको पूर्णप्रतिरोध युद्धबाट मात्र यो काम फत्ते गर्न सकिन्छ । तर यस्तो युद्धको निम्ति कोमिनताङको नीतिमा पूर्ण र आमूल परिवर्तन गर्नु र माथिदेखि तलसम्म सिङ्गै राष्ट्रले जापानको पूर्णरुपले प्रतिरोध गर्ने कार्यक्रम अर्थात् कोमिनताङ–कम्युनिष्ट सरसहयोगको अवधिमा डा. सन् यात–सेनले व्यक्तिगतरुपले निर्धारित गरेका क्रान्तिकारी तीन जनसिद्धान्तहरु र तीन महान् नीतिहरुको भावनाअनुरुप तयार गरिएको राष्ट्रिय पुनरुद्धार कार्यक्रम लागू गर्न संयुक्त प्रयास गर्नु आवश्यक छ ।
जापानी आक्रमणकारीहरुलाई पूर्णरुपले पराजित गर्ने उद्देश्यले चिनियाँ कम्युनिष्ट पार्टी एकदम चोखो दिलले कोमिनताङको अघिल्तिर, सिङ्गै देशका जनताका अघिल्तिर, सबै राजनैतिक पार्टीहरु र समूहहरुको अघिल्तिर, जीवनका सबै क्षेत्रका मानिसहरुको अघिल्तिर र सबै सैन्यशक्तिहरुका अघिल्तिर एउटा दश–सूत्रीय राष्ट्रिय पुनरुद्धार कार्यक्रम प्रस्तुत गर्दछ । यसको दृढ विश्वास के छ भने यस कार्यक्रमलाई पूर्णरुपले इमान्दारी र दृढतासाथ लागू गरेर मात्रै मातृभूमिको रक्ष ागर्न र जापानी आक्रमणकारीहरुलाई पराजित गर्न सम्भव हुनेछ । नत्रभने, आलटाल गर्ने र स्थितिलाई भताभुङ्ग पार्नेहरुमाथि नै यसको जवाफदेही हुनेछ, देशको भाग्य चूर्ण भइसकेपछि पुर्पुरोमा हात राखेर पछुतो मान्नु र विलौना गर्नु व्यर्थ हुनेछ । दश–सुत्रहरु यसप्रकार छन् ः

१. जापानी साम्राज्यवादीहरुको तख्ता पल्टाइदेऊ
जापानसित कूतनैतिक सम्बन्धहरु विच्छेद गर, जापानी अधिकारीहरुलाई निष्कासित गर, जापानी दलालहरुलाई गिरफ्तार गर, चीनमा रहेको जापानी सम्पत्ति जफत गर, जापानको ऋण रद्द गर, जापानसित गरेका सन्धिहरु खारेज गर र जापानलाई दिएका सबै सहुलियतहरु फिर्ता लेऊ । उत्तरी चीन र समुद्री किनारको रक्ष ागर्न अन्तिम घडीसम्म लड । पैपिङ, थ्येनचिन र उत्तर–पूर्वी चीनलाई फिर्ता लिन अन्तिम घडीसम्म लड । जापानी साम्राज्यवादीहरुलाई चीनबाट गल–हत्याउँदै लखेट ।

२. सिङ्गै राष्ट्रको सैन्य शक्तिलाई सञ्चालन गर

राष्ट्रव्यापी प्रतिरोध युद्धको निम्ति सबै स्थलसेना, जलसेना, वायुसेनाहरुलाई सञ्चालन गर । निष्क्रिय र विशुद्ध रक्षात्मक रणनीतिको विरोध गर तथा सक्रिय, स्वतन्त्र रणनीति अँगाल । राष्ट्रिय प्रतिरक्षासम्बन्धी योजनाहरु र रणनीतिबारे विचार विमर्श र निर्णय गर्ने एउटा स्थायी राष्ट्रिय सुरक्षा परिषद् स्थापना गर । जनतालाई सशस्त्र पार र मुख्य सैन्यशक्तिहरुका कारवाहीहरुसित तालमेल कायम राख्दै जापान विरोधी छापामार युद्धको विकास गर । सैनिक अफिसरहरु र सिपाहीहरु माझ एकता हासिल गर्नको निम्ति सैन्यशक्तिहरु माझको राजनैतिक कामकाजमा सुधार गर । सेना र जनतामाझ एकता हासिल गर र सेनाको लडाकू भावनालाई फस्टाउन देऊ । जापान विरोधी उत्तर–पूर्वी संयुक्त सेनालाई समर्थन गर र शत्रुको पछिल्लो भागलाई ध्वस्त पार । प्रतिरोध युद्धमा लडिरहेका सबै पल्टनहरुसित समानताको व्यवहार गर । देशका सबै भागमा सैनिक इलाकाहरु स्थापना गर, सिङ्गै राष्ट्रलाई युद्धमा सामेल हुन सञ्चालित गर र यसरी भाडाका सैनिकको व्यवस्थालाई बिस्तार–बिस्तारै सामान्य सैनिक सेवामा परिणत गर ।  क्रमशः