११ वर्षमै आमा बन्दैछिन् यी बालिका

११ वर्षमै आमा बन्दैछिन् यी बालिका

एजेन्सी । बेलायतमा ११ वर्षकी एक बालिका छिट्टै आमा बन्दैछिन् । उनी बेलायतकी सबैभन्दा कम उमेरमा आमा बन्ने बालिका बन्दैछिन् ।

प्रहरीका अनुसार बच्चाका बाबु पनि बालक नै छन् र हुनेवाली आमाभन्दा केही वर्ष जेठा छन् । समाचारपत्र गार्जियनमा प्रकाशित समाचारमा कानुनी बाध्यताका कारण गर्भवतीसँग जोडिएका पहिचानलाई गोप्य राखिएको छ ।

एक बालिकाले १२ वर्षको उमेरमा सन् २०१४ मा एक बच्चा जन्माएकी थिइन् । उनी अहिले बेलायतकी सबैभन्दा कम उमेरमा आमा बन्ने बालिका हुन् ।

त्यसबेला उनका बच्चाका बाबुको उमेर १३ वर्षको थियो । बाबुआमा दुवैजना बेलायती हुन् । तथ्यांकअनुसार बेलायतमा पछिल्लो एक दशकमा किशोर गर्भाधानका मामलामा तिव्र कमी ल्याउन सफल भएको छ ।

अहिले पनि पश्चिमी युरोपमा स्थिति अहिले पनि धेरै जटिल छ । किशोरीको गर्भवती हुने मामलामा बेलायत छैठौं स्थानमा पर्छ । यस मामलामा रोमानिया, बुल्गेरिया, स्लोभाकिया, हंगेरी र माल्टा बेलायतभन्दा अघि छन् ।