झापा । क्रान्तिकारी युवा लिग, झापाको दोस्रो जिल्ला भेलालाई शनिवार सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले कंचनपुर हत्याकाण्डमा सरकारले भारतलाई माफी मगाउन नसक्नु र चुँ सम्म बोल्न नसक्नुले यो सरकार कतिसम्म लम्पसारवादी छ भन्ने कुरा प्रष्ट भएको बताएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै गजुरेलले नेपाली जनताले जे माग गरेर दशवर्षे जनयुद्ध, १९ दिने आन्दोलन तथा मधेस÷जनजाति आन्दोलन गरेका गरेका थिए, ति सबै माग अहिले पनि ज्युँका त्युँ रहेकाले त्यो प्राप्तिका लागि क्रान्तिको आवश्यकता टड्कारे बनेको बताए ।
अधिवेशनलाई शुभकामना दिने क्रममा क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमिर महर्जनले युवाहरुको भूमिकाले देशको भविष्य निर्धारण हुने बताउँदै देशको भविष्य निर्माणका लागि विदेशिएका युवाहरुको श्रम र पसिना स्वदेशमै खपत हुनुपर्ने बताए ।
अधिवेशनमा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सचिवालय सदस्य सिताराम तामाङ्ग, केन्द्रीय सदस्य केदार गुरागाई, मनोज श्रेष्ठ, सिताराम वुढाथोकी, बिगेसोका युके इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य पदम सुन्दर लिम्वुलागायतको उपस्थिति रहेको थियो ।
नेकपा छाडेर क्रान्तिकारी माओवादीमा
कार्यक्रमा धरानका टिका राई नेकपा परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गरे । कार्यक्रमका प्रमुख अतिथि सीपी गजुरेलले अविर लगाएर उनलाई पार्टी प्रवेश गराएका छन् । उनी विप्लव नेतृत्वको पार्टी नेकपाका ब्यूरो सदस्य हुन् ।
क्रान्तिकारी युवा लिग झापाको अध्यक्षमा रविन लिम्बू निर्वाचित
युवाहरुको मार्चपास तथा र्याल्लीसहित भव्य रुपमा सम्पन्न भएको जिल्ला अधिवेशनले रविन लिम्वुको अध्यक्षतामा २९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा जलन रुचाल र विक्रम वोहोरा, सचिव राजन रेग्मी, कोषाध्यक्ष हरी चौधरी तथा सदस्यहरुमा चित्र थापा मगर, भरत ताजपुरिया, प्रेम पराजुलि, विशाल विक, दिलिप विक, शिवकुमार माझि, दिपेश चौधरी, सुवास राजवंशी, सुवोध राजवंशी, दिपा शर्मा, आस्मा लुईटेल, शिव विमलि, कृष्ण राजवंशी, राजेश राजवंशी, प्रमिस राजवंशी, राजन मेचे, जिवन श्रेष्ठ, मान वादुर कार्की, मनोज राजवंशी, दिलिप कुमार माझि, सरोज राजवंशी, सुरेन्द्र अधिकारी, कैलास वराइलि, ओम प्रकाश लिम्वु, आशिष वजगाई, श्रवण चुडाल, शशी लिम्वु र आशा लिम्वु रहेका छन् ।
करिब ५ सय युवाहरुको सहभागिता रहेको अधिवेशनपूर्व निकालिएको मार्चपास तथा ¥यालीले विर्तामोड नगरपालिका परिक्रममा गरेको थियो ।