काठमाडौ । नेकपा (क्रान्तिकारी माआवादी)को सम्पन्न सचिवालय बैठकले सप्तरी र कञ्चनपुर हत्याकाण्ड लगायत भारतीय हस्तक्षेपका विरुद्ध देशव्यापी संघर्ष गर्ने निर्णय गरेको छ ।
क्रान्तिकारी माओबादीको सचिवालय बैठकले गरेका निर्णय आईतबार सार्वजनिक गर्दै सो पार्टीले आगामी चैत्त ५ गते सांस्कृतिक प्रतिरोध दिवस पारेर देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
शनिबार सम्पन्न बैठकका निर्णहरु सार्वजनि गर्न अध्यक्ष मोहन बैद्य‘किरण’ले आइतबार जारी गरेको विज्ञप्तिमा सरकारले आगामी बैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय निर्वाचनबारे सत्तारुढ दल र समर्थकहरुबीचमै एकरुपता नभएको तथा स्थानीय निर्वाचन नै संविधान विपरीत रहेको निष्कर्ष निकालेको छ ।
सो पार्टीले यस्तो संगिन र जटिल अवस्थामा निर्वाचन हुन नसक्ने भन्दै जर्वजस्ती गरिए त्यसले परिस्थिति थप भयाबह हुने भएकाले निर्वाचनको औचित्यहीन रहेको ठहर गरेको छ ।
विज्ञप्तिमा भारतबाट नेपालको सीमा अतिक्रमण, कञ्चनपुरमा भएको गोली काण्डमा भारतले माफि माग्नुपर्ने उल्लेख छ । त्यस्तै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका लागि प्रदेशसभाको निर्वाचन गरी स्थानीय चुनाव गर्नुपर्ने र पहिचानसहितको संघीयतालगायतमा भएको संघर्षलाई समर्थन गर्ने निर्णय गरिएको उल्लेख छ ।
पार्टीद्वारा सञ्चालन भइरहेको तीन महिने अभियानलाई जारी राख्ने र अभियानलाई घोषित संघर्षका कार्यक्रमहरुसँग जोडेर प्रभावकारी बनाउने पनि निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । (हेर्नुस् वक्तव्य)