आजदेखि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता

आजदेखि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता

इटहरी । सुनसरीको इटहरीमा आजदेखि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको यो प्रतियोगितामा ६ टोली सहभागी छन् । सहभागी ५ विकास क्षेत्र र एक विभागीय टोली सशस्त्र प्रहरीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समुह ए मा सशस्त्र प्रहरीको एपीएफ, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल छन् भने समूह बी मा पूर्वाञ्चल, मध्यमाञ्चल र सुदूर पश्चिमाञ्चल छन् ।

दुवै समुहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।