सिरिया । सिरियाको प्राचीन र ऐतिहासिक सहर पाल्माइरा सरकारी सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।
चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) को कब्जामा रहेको पाल्माइरालाई सरकारले सेनाले नियन्त्रणमा लिएको हो । पाल्माइरालाई नियन्त्रणमा लिन सरकारी सेनाले आइएसमाथि लगातार आक्रमण गरेको थियो ।
सरकारी सेनाले प्राचीन र ऐतिहासिक पाल्माइराबाट आइएसलाई लखेटेको दाबी गरेको छ । युनेस्कोको सूचीमा समेत सूचीकृत यो पुरातात्विक सहर कब्जामा लिँदै आईएसले केही भाग नष्टसमेत गरेको थियो ।
पाल्माइरामा प्राचीन महत्वका भग्नावशेष रहेका छन् । एक वर्षअघि पनि रुसी वायु सेनाको सहयोगमा यो सहरबाट सिरियाली सेनाले आइएसलाई लखेटेको थियो । तर फेरि पछि आइएसले कब्जा जमाएको थियो ।





























